भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द 

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १७, २०८२
|
१
|
७५ पटक हेरिएको
Shares
भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द 

सारांश

  • रामेछाप।
  • भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग  बन्द गरिएको छ।
  • जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै  असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमनमा रोक लगाइएको जनाएको छ।

रामेछाप। भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग  बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै  असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमनमा रोक लगाइएको जनाएको छ।

कार्यालयले सूचना जारी गरी यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्वारा जारी सूचनामा यात्रु तथा स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

सूचनाअनुसार, रोशी खोला तथा अन्य खहरे खोलामा आकस्मिक बाढी आएमा अन्य समयमा पनि प्रहरी वा ट्राफिक प्रहरीले सवारीसाधन रोक्न सक्ने छ। प्रशासनले अनावश्यक रूपमा बाहिर ननिस्कन, विशेष गरी रातको समयमा यात्रा नगर्न, पहिरो जोखिमयुक्त क्षेत्र र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। त्यस्तै डुबानको सम्भावना भएका बस्तीलाई अस्थायी सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न स्थानीय तहलाई आवश्यक पूर्वतयारी गर्न निर्देशन दिइएको छ।

विपद्को सम्भावनालाई ध्यानमा राखी सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायहरूलाई स्वीकृत कार्ययोजना अनुसार तयारी अवस्थामा रहन भनिएको छ।

सडक डिभिजन भक्तपुर र सूर्यविनायक–धुलिखेल सडक आयोजनालाई पनि तुरुन्त परिचालन हुने गरी डोजर, एस्काभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।

स्थानीय विपद् व्यवस्थापन समितिहरू, क्लष्टर लिड र सरोकारवाला संस्थाहरूलाई पनि सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Inscreva-se

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.com/register-person?ref=IXBIAFVY

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तराष्ट्रिय रंगशालाका लागि एक सातामै डेढ करोड संकलन
अन्तराष्ट्रिय रंगशालाका लागि एक सातामै डेढ करोड संकलन
अर्थतन्त्र बलियो बनाउन प्रयास भइरहेको अर्थमन्त्री शर्माको भनाइ
अर्थतन्त्र बलियो बनाउन प्रयास भइरहेको अर्थमन्त्री शर्माको भनाइ
दक्षिण कोरियामा एकैदिन ६ सयमा भेटियो कोरोना सक्रमण
दक्षिण कोरियामा एकैदिन ६ सयमा भेटियो कोरोना सक्रमण
अर्को विश्वविख्यात सिगिङ रियालिटी शो नेपाल भित्रिदै
अर्को विश्वविख्यात सिगिङ रियालिटी शो नेपाल भित्रिदै
रगतको अभावमा कमी
रगतको अभावमा कमी
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
भारत र पाकिस्तान आमने सामने, दुवैले खसाले एकअर्काका लडाकू विमान
भारत र पाकिस्तान आमने सामने, दुवैले खसाले एकअर्काका लडाकू विमान
मतदान स्थलमै पैसा बाँडेपछी एमाले र माओबादीबिच झडप , मतदान स्थगित
मतदान स्थलमै पैसा बाँडेपछी एमाले र माओबादीबिच झडप , मतदान स्थगित
प्रदेश ५ का  १२ जिल्लामा  नेकपाकाे भागबण्डा मिल्याे
प्रदेश ५ का १२ जिल्लामा नेकपाकाे भागबण्डा मिल्याे
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त