वायुसेवा निगमले कर्णालीमा अनलाईन टिकट दिन सुरु गर्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २०, २०७९
|
|
४० पटक हेरिएको
Shares
वायुसेवा निगमले कर्णालीमा अनलाईन टिकट दिन सुरु गर्यो

सारांश

  • काठमाडौं ।
  • नेपाल वायुसेवा निगमले नेपालगञ्जदेखि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा उडान भर्ने जहाजका अनलाइन टिकट बिक्री सुरु गरेको छ ।
  • निगमले बिहीबार ई–टिकट प्रणाली सुरु गरेको हो ।

काठमाडौं । नेपाल वायुसेवा निगमले नेपालगञ्जदेखि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा उडान भर्ने जहाजका अनलाइन टिकट बिक्री सुरु गरेको छ ।

निगमले बिहीबार ई–टिकट प्रणाली सुरु गरेको हो । नेपालगञ्जबाट हवाई यातायात जोडिएका जिल्लाहरु हुम्ला, मुगु, डोल्पा, जुम्ला, रुकुमपश्चिम र बाजुरामा ई–टिकट सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख किरण श्रेष्ठले जानकारी दिए । हिजोदेखि अनलाइन टिकट सेवा सुरु गरिएको र जिल्लाबाट फर्किदा पनि यो सेवा पहिलो पटक कार्यान्वयनमा आएको उनले बताए ।

नेकपा माओवादी केन्द्र जुम्लाबाट निर्वाचित सांसद छिरिङल्यामु लामा (तामाङ) ले कर्णाली र सुदूरपश्चिमका दुर्गममा जिल्लामा शक्ति र पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा सर्वसाधारणले सास्ती पाएको भन्दै यही माघ ९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई मागपत्र बुझाएक थिए । ४२ सिटे जहाज सञ्चालनमा ल्याउने गरी जुम्ला विमानस्थल स्तरवृद्धिको लागि लिखित पत्र दिइएको बताए । “स्थल यातायातलाई पनि सहज र सुरक्षित बनाउन कर्णाली राजमार्गको समस्याका विषयमा मन्त्री नारायाणकाजी श्रेष्ठलाई समेत भेटेर माग राखिएको छ”, सांसद लामाले भन्नुभयो, “ हेरौँ यसबाट नियमित स्थल र हवाइ यातायात हुनुका साथै नागरिक सेवामा केही सहजता आउला ।”

पर्यटन मन्त्री किरातीले टिकटमा नागरिकले भोग्नु परेको सास्ती अन्त्य गर्न तत्काल ई–टिकट लागू गरिएको बताउनुभयो । मन्त्री किरातीले यो कामका लागि सांसद लामाको पहलले सार्थकता पाउने बताए । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले ई–टिकट लागू हुँदा अब सधँै एयरपोर्ट धाउनुपर्ने अवस्था अन्त्य भएको र यसले नागरिकलाई सजिलो हुने बताए । निगम जुम्लाका प्रतिनिधि डम्बर खत्रीले जुम्लामा अनलाइन टिकट कार्यान्वयन भएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ: नेम्बाङ (अन्तर्वार्ता)
चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ: नेम्बाङ (अन्तर्वार्ता)
सनम हत्या प्रकरण-सुन तस्करी काण्डमा उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर
सनम हत्या प्रकरण-सुन तस्करी काण्डमा उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर
भारतमा भन्दा नेपालमा बढि चर्चित बनेका कन्हैया कुमार १ लाख ६६ हजार मतले पछाडि
भारतमा भन्दा नेपालमा बढि चर्चित बनेका कन्हैया कुमार १ लाख ६६ हजार मतले पछाडि
कपिल शर्माले चाँडो विवाह गर्ने फैसालाकाे राज खुल्याे !
कपिल शर्माले चाँडो विवाह गर्ने फैसालाकाे राज खुल्याे !
आज नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
आज नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
फोर्ब्सको सूचीमा परेकी गल्फ खेलाडी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साँट्नै पाइनँ’
फोर्ब्सको सूचीमा परेकी गल्फ खेलाडी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साँट्नै पाइनँ’
गुगल, फेसबुक, माइक्रोसफ्टलगायत छ कम्पनी नेपालको कर प्रणालीमा दर्ता
गुगल, फेसबुक, माइक्रोसफ्टलगायत छ कम्पनी नेपालको कर प्रणालीमा दर्ता
ट्राईब्रेकरमा पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा
ट्राईब्रेकरमा पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा
Rolpa shutdown to protest murder of Tarun Dal leader Pun
Rolpa shutdown to protest murder of Tarun Dal leader Pun
मन्त्री यादव एक्शनमा, गलत गर्नेलाई नछोड्ने
मन्त्री यादव एक्शनमा, गलत गर्नेलाई नछोड्ने