अब पहिलोपटक म्यान्मारको राजधानीमा भानुभक्तको सालिक बन्ने भो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
४९ पटक हेरिएको
Shares
अब पहिलोपटक म्यान्मारको राजधानीमा भानुभक्तको सालिक बन्ने भो

सारांश

  • श्रावण ५, २०७४- नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती म्यान्मारमा पनि भव्यतासाथ मनाइएको छ ।
  • कवि गोष्ठी, पुरस्कार वितरण र भानुभक्तको सालिक निर्माणको निर्णयसहित अखिल म्यान्मार देशीय गोर्खा हिन्दु धार्मिक संघ, याङ्गुन शाखाले आदिकविको २०४ औं जन्मजयन्ती मनाएको हो ।
  • संघ अध्यक्ष सागर घिमिरेका अनुसार, राजधानी याङ्गुनस्थित राम–जानकी मन्दिरमा आयोजित समारोहमा म्यान्मारका लागि नेपाली राजदूत भीम उदासले नेपाली साहित्यमा भानुभक्तको योगदानबारे प्रकाश पारेका थिए ।

श्रावण ५, २०७४- नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती म्यान्मारमा पनि भव्यतासाथ मनाइएको छ । कवि गोष्ठी, पुरस्कार वितरण र भानुभक्तको सालिक निर्माणको निर्णयसहित अखिल म्यान्मार देशीय गोर्खा हिन्दु धार्मिक संघ, याङ्गुन शाखाले आदिकविको २०४ औं जन्मजयन्ती मनाएको हो ।
संघ अध्यक्ष सागर घिमिरेका अनुसार, राजधानी याङ्गुनस्थित राम–जानकी मन्दिरमा आयोजित समारोहमा म्यान्मारका लागि नेपाली राजदूत भीम उदासले नेपाली साहित्यमा भानुभक्तको योगदानबारे प्रकाश पारेका थिए । उनले याङ्गुनमा भानुभक्तको सालिक निर्माणका लागि सात लाख च्याट सहयोगसमेत घोषणा गरेको घिमिरेले जनाए ।
‘अब पहिलोपटक म्यान्मारको राजधानीमा भानुभक्तको सालिक बन्ने भो,’ अध्यक्ष घिमिरेले भने । सालिक निर्माणकै लागि आफूले पाँच लाख च्याट र काठमाडौंबाट नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलका अध्यक्ष शंकर घिमिरेले दुई लाख पचास हजार च्याट सहयोग गरेको घिमिरेले जनाए ।
घिमिरेका अनुसार कार्यक्रमका राजदूत उदासले भानुजयन्तीकै अवसरमा नेपाली साहित्य र संस्कृति केन्द्रित दुईवटा पुरस्कार पनि वितरण गरे । दुबसु प्रतिष्ठान पुरस्कार साहित्यतर्फ मोहनराज खनाल र संस्कृतितर्फ किशन कोइरालालाई दिइयो । खनाल साहित्यकार हुन् भने कोइराला गायक ।

म्यान्मारमा नेपाली साहित्य र संस्कृति प्रवद्र्धनमा योगदान पुर्‍याउने दुई जनालाई हरेक वर्ष यो पुरस्कार दिइँदै आएको घिमिरेले जनाए । त्यस्तै पं. यज्ञनाथ भट्टराई शास्त्री पुरस्कार साहित्यतर्फ कवि, गीतकार एवं गायक हीरा दाहाल र सामाजिक सेवातर्फ मेजर पूर्णबहादुर तिवारीलाई दिइयो । म्यान्मारमा सञ्चालित नि:शुल्क नेपाली पाठशालामा अध्ययनरत विद्यार्थीहरूको ग्रीष्मकालीन समूहका उत्कृष्टहरूलाई समेत कार्यक्रममा पुरस्कृत गरियो ।
भानुभक्तको सालिक बन्ने सुनेपछि काठमाडौंदेखि सहयोग गर्नेहरूसमेत निस्केकामा आफूहरू निकै हौसिएको घिमिरेले बताए । ‘भानुभक्तको महिमालाई म्यान्मारमा पनि संस्थागत गर्ने प्रयास सुनेपछि सहयोग गरेका हौं,’ नेपालबाट दुई लाख पचास हजार च्याट सहयोग गर्ने फ्रेन्डसिप काउन्सिल अध्यक्ष शंकर घिमिरेले भने, ‘यसले समग्र नेपालीको परिचय फराकिलो बनाउने काम गर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई अध्यक्ष भएर संसारकै नमूना तरिकाले काम गरेका छौँ– प्रम ओली
दुई अध्यक्ष भएर संसारकै नमूना तरिकाले काम गरेका छौँ– प्रम ओली
उत्कृष्ट भनिएका कर्मचारी भ्रष्टाचार मुद्दामा मुछिए
उत्कृष्ट भनिएका कर्मचारी भ्रष्टाचार मुद्दामा मुछिए
एमाले अध्यक्ष र माओवादी केन्द्रका अध्यक्षको भेट नहुनुको संकेत !
एमाले अध्यक्ष र माओवादी केन्द्रका अध्यक्षको भेट नहुनुको संकेत !
शासनपद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछ : प्रदेश प्रमुख गुरुङ
शासनपद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछ : प्रदेश प्रमुख गुरुङ
प्रचण्ड र ओली बिच यस्तो सहमति भएको खुलासा ! ओली प्रचण्ड दुवै दङ्ग
प्रचण्ड र ओली बिच यस्तो सहमति भएको खुलासा ! ओली प्रचण्ड दुवै दङ्ग
रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति विवाद टुङ्गो लागेन
रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति विवाद टुङ्गो लागेन
देउवाको प्रधानमन्त्रीको प्रस्ताव प्रचन्ड द्वारा ठाडै अस्विकार,
देउवाको प्रधानमन्त्रीको प्रस्ताव प्रचन्ड द्वारा ठाडै अस्विकार,
जनवरी महिनामा मात्रै भित्रिए ५५ हजार पर्यटक
जनवरी महिनामा मात्रै भित्रिए ५५ हजार पर्यटक
बिहान ९:२० बजे चितवन अपडेटः  मतान्तर  १०५९६
बिहान ९:२० बजे चितवन अपडेटः मतान्तर १०५९६
बिश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
बिश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो