अमेरिकी गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
अमेरिकी गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या

सारांश

  • लस एन्जलस – विश्व प्रख्यात अमेरिकी गायक चेस्टर बेनिङ्गटनले आत्महत्या गरेका छन्।
  • घाँटीमा फाँसी लगाएको अवस्थामा उनकै घरबाट लस एन्जलस प्रहरीले उनको शव फेला पारेको थियो ।
  • उनी अन्तर्राष्ट्रिय स्तरको सांगीतिक समूह लिंकन पार्कका प्रमुख गायक थिए।

लस एन्जलस – विश्व प्रख्यात अमेरिकी गायक चेस्टर बेनिङ्गटनले आत्महत्या गरेका छन्।

घाँटीमा फाँसी लगाएको अवस्थामा उनकै घरबाट लस एन्जलस प्रहरीले उनको शव फेला पारेको थियो । उनी अन्तर्राष्ट्रिय स्तरको सांगीतिक समूह लिंकन पार्कका प्रमुख गायक थिए।

उनको पछिल्लो गीति एल्बम् वान मोर लाइटको प्रचार प्रसारका क्रममा  व्यस्त रहेका उनले आत्महत्या गरेका हुन् । उक्त गीति संग्रहको प्रचार प्रसारका लागि  पछिल्लो समयमा उनी थुप्रै देशहरूको भ्रमणमा व्यस्त गरेका थिए।

लागु औषध सेवनको मामलामा अब्बल रहेका उनले परिवारका अन्य सदस्यहरू बाहिर गएको मौका छोपी घाँटीका फाँसी लगाई आत्महत्या गरेको प्रहरीले बताएको छ।

यद्यपी आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?