जापानमा सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १८, २०७७
|
|
५६ पटक हेरिएको
Shares
जापानमा सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना

सारांश

  • १८ मंसिरः जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ ।
  • जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ ।
  • जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरी प्रकाशन गरेको समाचारमा जापानले विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्रीलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ ।

१८ मंसिरः जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ ।

जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ । जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरी प्रकाशन गरेको समाचारमा जापानले विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्रीलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ ।

प्रधानमन्त्री योशिहिदे सुगाले गत अक्टोबरमा जापानलाई सन् २०५० भित्र कार्बन तटस्थ मुलुकको दाँजोमा उभ्याउन आवश्यक पहल गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्री सुगाले आफ्नो नीति सार्वजनिक गरेलगत्तै ठूला कम्पनीहरुले कार्बन उत्सर्जनलाई नियन्त्रणमा ल्याउने योजनाको मस्यौदा निर्माण गर्न दबाब सिर्जना भएको थियो ।

जापानको उक्त कदमको वातावरण अभियन्ता र राष्ट्रसंघले स्वागत गरेका छन् । जापान अहिले पनि जैविक इन्धनमा ठूलो मात्रामा निर्भर रहेको छ । सरकारले भने जैविक इन्धनको विकल्पमा के कस्ता इन्धन प्रयोगमा ल्याइनेछ भन्ने विस्तृत कार्ययोजना सार्वजनिक गरिसकेको छैन ।

सरकारले सन् २०३० सम्ममा अति न्यून कार्बन उत्सर्जन गर्ने कार (विद्युतीय र हाइब्रिड) को बिक्रीलाई ५०–७० प्रतिशत पु¥याउने लक्ष राखेको छ । सन् २०१९ मा न्यून कार्बन उत्सर्जन गर्ने कारको बिक्री ४० प्रतिशतको हाराहारीमा पुगेको छ ।

गत सेप्टेम्बरमा अमेरिकी राज्य क्यालिफोर्नियाले सन् २०३० सम्ममा आफ्नो राज्यमा बिक्री गरिने कार शून्य–उत्सर्जनयुक्त हुनुपर्ने घोषणा गरेको थियो ।

यसैबीच बेलायतले अझ महत्वाकाँक्षी योजना अघि बढाएको छ । सन् २०३० सम्ममा बेलायतमा सबै प्रकारका पेट्रोल र डिजेल संचालित कारमाथि प्रतिबन्ध लगाउने बेलायत सरकारले घोषणा गरेको छ ।(एएफपी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस-एमालेसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड
कांग्रेस-एमालेसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड
आयो बलात्कारबाट जोगाउने पेन्टी
आयो बलात्कारबाट जोगाउने पेन्टी
यौन दुर्व्यवहारको मुद्दामा अमेरिकी जिम्नास्टिक्स् बोर्डको राजीनामा
यौन दुर्व्यवहारको मुद्दामा अमेरिकी जिम्नास्टिक्स् बोर्डको राजीनामा
प्रधानमन्त्रीका बारेमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पाथिभरा अनलाइन डटकमका सम्पादक पक्राउ
प्रधानमन्त्रीका बारेमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पाथिभरा अनलाइन डटकमका सम्पादक पक्राउ
विश्व श्रवण शक्ति दिवसमा नर्भिक अस्पतालले दिदैछ यस्तो सुविधा
विश्व श्रवण शक्ति दिवसमा नर्भिक अस्पतालले दिदैछ यस्तो सुविधा
युनेस्को सम्मेलनका लागि शिक्षामन्त्री चीनतर्फ
युनेस्को सम्मेलनका लागि शिक्षामन्त्री चीनतर्फ
संशोधन प्रस्ताव पास/फेल जे भएपनि हामी खेलको नियम मानेर निर्वाचनमा जान तयार छौं : यादव
संशोधन प्रस्ताव पास/फेल जे भएपनि हामी खेलको नियम मानेर निर्वाचनमा जान तयार छौं : यादव
काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन : नेता सिंह
काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन : नेता सिंह
डा. केसीका बाँकी माग पूरा गर्न ढिलाई गर्नुहुँदैन् : पूर्वप्रधानन्यायाधीश कार्की
डा. केसीका बाँकी माग पूरा गर्न ढिलाई गर्नुहुँदैन् : पूर्वप्रधानन्यायाधीश कार्की
राष्ट्रियसभाका उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै
राष्ट्रियसभाका उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै