संघीयताविरुद्ध राष्ट्रिय अभियानको अध्यक्षमा चित्रबहादुर केसी, प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिइने

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २२ बैशाख ।
  • संघीयता विरुद्ध राष्ट्रिय अभियान केन्द्रीय समितिको काठमाडौंमा आज बसेको बैठकले चित्रबहादुर केसीको अध्यक्षतामा केन्द्रीय समिति पुनर्गठन गरेको छ ।
  • अभियानले संघीयताका विरुद्धको प्रस्ताव पारित गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयताविरुद्ध ज्ञापनपत्र दिने निर्णय गरेको छ ।

काठमाडौं, २२ बैशाख । संघीयता विरुद्ध राष्ट्रिय अभियान केन्द्रीय समितिको काठमाडौंमा आज बसेको बैठकले चित्रबहादुर केसीको अध्यक्षतामा केन्द्रीय समिति पुनर्गठन गरेको छ । अभियानले संघीयताका विरुद्धको प्रस्ताव पारित गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयताविरुद्ध ज्ञापनपत्र दिने निर्णय गरेको छ ।

बैठकले संघीयताका विरुद्धको प्रस्ताव पारित गर्दै संघीयताका लागि नेपाली जनताले कहिल्यै आवाज नउठाएको र त्यो नेपाली जनतालाई लादिएको ठहर गरेको छ । संघीयता नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका पक्षमा छैन भन्दै प्रस्तावमा संघीयतालाई छिटोभन्दा छिटो खारेज गर्नुपर्ने राष्ट्रिय आवश्यकता बन्न गएको उल्लेख छ ।

बैठकले चित्रबहादुर केसीको अध्यक्षतामा पुनर्गठन गरेको केन्द्रीय समितिमा रश्मीराज नेपाली, बद्रे आदम, सांसद दुर्गा पौडेल, हिमलाल पुरी, दीपक ज्ञवाली, जनकराज शर्मा, कृष्णप्रसाद भट्टराई, प्रा.डा. श्रीधर गौतम, प्रा.डा. युवराज संग्रौला, डा. गोपाल खत्री, डा. प्रेम शर्मा, डा. भीमार्जुन आचार्य, बुद्धिनारायण श्रेष्ठ, मीना पुन, भैरव रेग्मी, कृष्ण अधिकारी, गंगा पौडेल, रत्नसंसार श्रेष्ठ, मनोज भट्ट, राजेन्द्र ढुंगाना, देवप्रकाश त्रिपाठी, छत्रबहादुर कार्की, अरुणकुमार सुवेदी, रतन भण्डारी, गोपाल सिवाकोटी ‘चिन्तन’, पदम रोका, कुन्ती पोखरेल, निमबहादुर बुढा, मनोहर तिवारी, साध्यबहादुर भण्डारी, प्रभु यादव (पर्सा), शैलेन्द्र पिया, रामप्रसाद भुसाल, फणिन्द्र नेपाल, राधा बुढाथोकी, रहुफ अहमद खान, शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ, परसु घिमिरे, प्रा. गोपाल पोखरेल, डा. जगदीशचन्द्र भण्डारी, डा. राजन पोख्रेल, मदन जोशी र प्रभू राय यादव रहेका छन् ।

संघीयताविरुद्ध राष्ट्रिय अभियानको बैठकले समितिको सचिवमा हिमलाल पुरीलाई चयन गरेको छ । पा“च सदस्यीय सचिवालयको पनि गठन भएको छ । जसमा चित्रबहादुर के.सी., दुर्गा पौडेल, हिमलाल पुरी, दीपक ज्ञवाली र रत्नसंसार श्रेष्ठ रहेका छन् । बैठकले संघीयता खारेज गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने निर्णय गरेको हो ।

बैठकले संघीयताविरुद्ध जनचेतना जगाउन अन्तरक्रिया गर्ने पनि निर्णय गरेको छ । काठमाडौं, पोखरा, बुटवल र नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रमहरु गर्ने ठेगान गरिएको छ । त्यहा“ सम्बोधन गर्ने अभियानका केन्द्रीय वक्ताहरु सचिवालयले ठेगान गर्ने अध्यक्ष केसीर्ने अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Justin Biral

    ? TOPPERZ KA BOT Shikhar News ?
    ??? CHBOTTERZ?NEPALIKING,TK ???

    Comment Author

    Rudra Ghimire

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?