अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी नियुक्त

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी नियुक्त

सारांश

  • काठमाडौँ,२० पुस ।
  • अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा डेमोक्र्याटिक पार्टीकी वरिष्ट नेतृ न्यान्सी पेलोसी चुनिनु भएको छ ।
  • अमेरिकी संसदको सभामुख हुने उहाँ पहिलो अमेरिकी महिला नेतृ पनि हुनुभएको छ ।

काठमाडौँ,२० पुस । अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा डेमोक्र्याटिक पार्टीकी वरिष्ट नेतृ न्यान्सी पेलोसी चुनिनु भएको छ । अमेरिकी संसदको सभामुख हुने उहाँ पहिलो अमेरिकी महिला नेतृ पनि हुनुभएको छ ।

संसदमा आठ वर्षपछि बहुमत हासिल गरेको डेमोक्र्याटिक पार्टीका तर्फबाट सभामुख पदमा अरु केहीले रुचि देखाएका भएपनि अन्ततः पेलोसीले उक्त पद प्राप्त गर्न सफल हुनुभयो ।

“सबै कङ्ग्रेस सदस्यहरु उक्तिकै योग्य हुनुहुन्छ,” चुनावी प्रचारका क्रममा पेलोसीले भन्नुभएको थियो, “तर मैले गरिरहेका कामप्रति मलाई गर्व छ ।”

सभामुखको आसनमा पदस्थापन गर्दै पेलोसीले अमेरिकी विभाजित राजनीतिक वातावरणमा सबैसँग मिलेर कार्य गर्न उत्सुक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कङ्ग्रेसको यो सभाकक्ष अमेरिकी टाउन हल हुनुपर्दछ । यहाँ मानिसले हामीबीच हुने बहसलाई हेर्न पाउनुहुनेछ र जनताका आवाजहरु सुन्न पाउनुहुनेछ । जनआवाजले हाम्रा निर्णयमा प्रभाव पार्नेछ ।”

डेमोक्र्याटिक पार्टीका प्राथमिकताबारे चर्चा गर्दै उहाँले स्वास्थ्यसेवाको लागत न्यून गर्ने, हरित पूर्वाधारमा लगानी बढाउने तथा सरकारको इमान्दारितालाई पुनस्र्थापित गर्ने बारेमा प्रकाश पार्नुभएको थियो ।

“हामीले मध्यम वर्गीय अमेरिकीको भलाईलाई उच्च प्राथमिकता दिनु पर्दछ, किनभने मध्यम वर्ग नै हाम्रो लोकतन्त्रको मेरुदण्ड हो,” पेलोसीले भन्नुभयो ।

पाँच छोराछोरीको आमा तथा नौ नातिनातीनाकी हजूरआमा न्यान्सी पेलोसी अमेरिकामा एक्काइसौं शताब्दीकै सर्वाधिक शक्तिशाली राजनीतिज्ञका रुपमा उभिनुभएको छ ।

ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीको बहुमत रहेको वर्तमान अवस्थामा तल्लो सदनको प्रभावशाली नेतृत्व प्रदान गरी डेमोक्र्याटिक पार्टीलाई अमेरिकी राजनीतिको केन्द्रमा ल्याउनुपर्ने चुनौती पेलोसीमाथि छ ।

पेलोसीमाथि डेमोक्र्याट पार्टीकै सदस्यबाट अर्को दबाब पनि छ, त्यो हो ट्रम्पविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफल गर्ने । पेलोसीले राष्ट्रपति माथिको महाभियोग प्रस्ताव “विभाजनकारी कृयाकलाप” रहेको बताउनुभएको छ ।

“हामीले राष्ट्रपति विरुद्ध राजनीतिक कारणबाट महाभियोग लगाउनु हुँदैन,” पेलोसीले भन्नुभयो । उहाँले राष्ट्रपति विरुद्ध रोबर्ट मुलरको छानबिन समितिको प्रतिवेदनका नतिजालाई हेरेर मात्र नयाँ कदम चाल्न सकिने स्पष्ट गर्नुभयो ।

अमेरिकी संविधान र न्यायिक प्रणालीमा वहालवाला राष्ट्रपतिलाई पर्याप्त आधार बेगर महाभियोग लगाउन सकिँदैन । राष्ट्रपति ट्रम्पले आफूले कुनै गलत कार्य गरेको निरन्तर अस्वीकार गरिरहनुभएको छ ।

सदनद्वारा बजेट पारित, मेक्सिको पर्खालमा बजेट परेन

डेमोक्र्याटिक पार्टीको बहुमत हासिल गरेको अमेरिकी संसदको पहिलो सत्रले अमेरिकी सङ्घीय कार्यालयहरुको बजेट पारित गरेको छ । सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिज्ञा गर्नुभएको सीमा पर्खालको बजेटलाई भने अनुमोदन गरेको छैन ।

बिहीबार राति बजेट पारित गरेसँगै पत्रकारहरुसँग कुरा गर्दै नवनियुक्त सभामुख पेलोसीले भन्नुभयो, “हामीले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न बजेट पारित गरेनौं । हामी पर्खालको विपक्षमा छौं भन्नेमा कसैलाई शंका छ र रु”

बजेट पारित नभएका कारण १३ दिनदेखि कैयौं सङ्घीय कार्यालयहरु आंशिक बन्द छन् । राष्ट्रपति ट्रम्पले पर्खालका लागि बजेट पारित नभए विनियोजन विधेयकमा हस्ताक्षर नगर्ने अडान राख्नुभएको छ । ह्वाइट हाउसका अधिकारीहरुले राष्ट्रपति ट्रम्पले पर्खालको बजेटका बारेमा विशेषाधिकार भिटो लगाउन सक्ने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
रोजगारी र व्यापारमा असर परेको भन्दै नाफ्टाबाटै अलग हुने चेतावनीः अमेरिका
रोजगारी र व्यापारमा असर परेको भन्दै नाफ्टाबाटै अलग हुने चेतावनीः अमेरिका
कति महंगो चाबी हो, एउटै चाबीको मुल्यले ४० वटा भिटारा ब्रेजा कार किन्न सकिने
कति महंगो चाबी हो, एउटै चाबीको मुल्यले ४० वटा भिटारा ब्रेजा कार किन्न सकिने
बीमा कम्पनीको चुक्ता पुँजी पु-याउने समय असार मसान्तसम्म
बीमा कम्पनीको चुक्ता पुँजी पु-याउने समय असार मसान्तसम्म
वर्षाले आलु खेतीमा फाइदा
वर्षाले आलु खेतीमा फाइदा
सुधारको बाटामा सार्वजनिक यातायात
सुधारको बाटामा सार्वजनिक यातायात
पार्टी एकता हुन्छ, ६ नम्बर प्रदेशको मुख्यमन्त्री म नै हुँ : मन्त्री शाही
पार्टी एकता हुन्छ, ६ नम्बर प्रदेशको मुख्यमन्त्री म नै हुँ : मन्त्री शाही
एमालेको ढिपीले मुलुक अप्ठ्यारोमाः नेता रामचन्द्र पौडेल
एमालेको ढिपीले मुलुक अप्ठ्यारोमाः नेता रामचन्द्र पौडेल
वान्टेड२ मा पनि सलमान कै बर्चस्व
वान्टेड२ मा पनि सलमान कै बर्चस्व
अब सरकारले गति लिन्छ : प्रधानमन्त्री
अब सरकारले गति लिन्छ : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?