शहीद स्मारक ‘ए’ डिभिजन फुटबल स् पुलिसद्वारा फ्रेण्ड्स पराजित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १, २०७६
|
|
२३ पटक हेरिएको
Shares
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल स् पुलिसद्वारा फ्रेण्ड्स पराजित

सारांश

  • काठमाडौँ, १ फागुन स् विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा सहज जित हात पारेको छ ।
  • ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सहज जित हात पारेको हो ।
  • पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे ।

काठमाडौँ, १ फागुन स् विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा सहज जित हात पारेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सहज जित हात पारेको हो । पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पुलिसले तीनै गोल दोस्रो हाफमा ग¥यो । हेमन्त श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका जुमानुले खेलको ४९औँ मिनेटमा गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए ।

त्यसपछि खेलको ५६औँ मिनेटमा जुमानुले व्यक्तिगत दोस्रो गोल गरे भने खेलको ८५औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । जितसँगै पुलिसले लिगमा सुखद अन्त्य गरेको छ । पुलिस १३ खेलमा २० अङ्क जोड्दै अङ्कतालिकाको पाँचौं स्थानमा रहेको छ । पराजित फ्रेण्ड्स भने १३ खेलमा १४ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?