नयाँ कानुन बनाउने प्रक्रियामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०७५
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • गृहमन्त्री रामबहादुर थापाले नेपाली जनताको स्वाधीनता, संस्कृति र पहिचानको रक्षा गर्न संघीय सरकार पुराना कानून हटाएर नयाँ कानून बनाउने प्रक्रियामा रहेको बताएका छन् ।
  • उद्योग वाणिज्य संघ पर्साको ४३ औँ वार्षिक साधारणसभाको शुक्रबार वीरगञ्जमा उद्घाटन गर्दै गृहमन्त्री थापाले समृद्धि र विकासका लागि नयाँ कानून अपरिहार्य भएको बताएका हुन् ।
  • गृहमन्त्री थापाले नयाँ नेपालको निर्माण गर्ने लक्ष्य लिएको वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लागि सबै जातजाति, धर्मावलम्बी, भाषाभाषी एकताबद्ध भएर देश विकासमा लाग्नु पर्नेमा जोड दिए ।

गृहमन्त्री रामबहादुर थापाले नेपाली जनताको स्वाधीनता, संस्कृति र पहिचानको रक्षा गर्न संघीय सरकार पुराना कानून हटाएर नयाँ कानून बनाउने प्रक्रियामा रहेको बताएका छन् ।

उद्योग वाणिज्य संघ पर्साको ४३ औँ वार्षिक साधारणसभाको शुक्रबार वीरगञ्जमा उद्घाटन गर्दै गृहमन्त्री थापाले समृद्धि र विकासका लागि नयाँ कानून अपरिहार्य भएको बताएका हुन् । गृहमन्त्री थापाले नयाँ नेपालको निर्माण गर्ने लक्ष्य लिएको वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लागि सबै जातजाति, धर्मावलम्बी, भाषाभाषी एकताबद्ध भएर देश विकासमा लाग्नु पर्नेमा जोड दिए ।

उनले देश संघीयतामा गइसकेकाले प्रदेश सरकार आआफ्नो प्रदेशको समृद्धि र विकासको लागि कानून बनाउनुपर्ने बताए । गृहमन्त्री थापाले आर्थिक नगरी वीरगञ्जको विकासको लागि प्रदेशका जनप्रतिनिधिले आफ्नै कानून बनाउनुपर्ने समेत बताए । उनले राष्ट्रिय गौरवका आयोजना समयमै पूरा गर्न केन्द्रीय सरकारको ध्यानाकर्षण गराउन आग्रह समेत गरे ।

उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष ओमप्रकाश शर्माको सभापतित्वमा भएको सो उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नं १ का प्रदेशसभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी लगायतले समृद्ध र विकसित देश बनाउन केन्द्रीय सरकार कठिबद्ध हुनुपर्नेमा जोड दिएका थिए । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारमा मिसाइल खसे के हुन्छ?
बालुवाटारमा मिसाइल खसे के हुन्छ?
देउवा सरकारको पारा देखेर के भन्छ विवेकशील साझा पार्टी ?
देउवा सरकारको पारा देखेर के भन्छ विवेकशील साझा पार्टी ?
कोरियाली युद्ध समाप्तिको ६५ मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता
कोरियाली युद्ध समाप्तिको ६५ मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता
पर्यटकीय गन्तव्य बन्दै ‘ह्याप्पील्याण्ड’
पर्यटकीय गन्तव्य बन्दै ‘ह्याप्पील्याण्ड’
अस्पतालमा पनि दलाल!  बिरामी पठाएबापत लिन्छन् पैसा,
अस्पतालमा पनि दलाल! बिरामी पठाएबापत लिन्छन् पैसा,
८४ वर्षका वृद्धले टप्काए छिमेकीको बुढी,
८४ वर्षका वृद्धले टप्काए छिमेकीको बुढी,
आज कोरोनाबाट एक महिला र ६ पुरुषको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ४ सय ३६ पुग्यो
नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर हुनुपर्ने भारतको चाहना : कोस्यारी
नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर हुनुपर्ने भारतको चाहना : कोस्यारी
चिनियाँ राष्ट्रपतिले मनोनित गरे उच्च सैन्य अधिकारीहरु
चिनियाँ राष्ट्रपतिले मनोनित गरे उच्च सैन्य अधिकारीहरु
रूसको मस्को जाँदै गरेको यात्रुवाहक विमान अफगानिस्तानमा दुर्घटना
रूसको मस्को जाँदै गरेको यात्रुवाहक विमान अफगानिस्तानमा दुर्घटना