आउने भयो सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) अब द्रुतगतिमा बिकास निर्माण हुने
सारांश
- काठमाडौं ।
- विकास निर्माणको कामलाई तीव्रता दिन नेपालमा पहिलोपटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने भएको छ ।
- जुन २७ मा चीनको सांघाई बन्दरगाहबाट अन बोर्ड गरिएको उक्त मेसिन जुलाई १५ सम्ममा कोलकाता बन्दरगाह आएर त्यसपछि स्थलमार्ग हुँदै नेपाल आउने छ ।
काठमाडौं । विकास निर्माणको कामलाई तीव्रता दिन नेपालमा पहिलोपटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने भएको छ ।
जुन २७ मा चीनको सांघाई बन्दरगाहबाट अन बोर्ड गरिएको उक्त मेसिन जुलाई १५ सम्ममा कोलकाता बन्दरगाह आएर त्यसपछि स्थलमार्ग हुँदै नेपाल आउने छ । सिंचाइ मन्त्रालयले भेरी बबई डाइभर्सन आयोजनाका लागि उक्त मेसिन तयार गर्न ६ महिनाअघि चीनको क्युबेक ओभरसिजलाई जिम्मा दिएको थियो । डेढ अर्ब रुपैंयाको लागत (नेपालमा ल्याई पुर्याउँदा) मा तयार गरिएको टिबिएम भेरी बबई डाइभर्सन आयोजनामा सफल भए उक्त उपकरण प्रयोग गरेर नेपालमा विकासको क्रान्ती सिर्जना हुने विकासविदहरुले अपेक्षा गरेको आजको नागरिक दैनिकमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया