को बन्ला प्रदेश ४ को नेता, आज चुनिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
१७ पटक हेरिएको
Shares
को बन्ला प्रदेश ४ को नेता, आज चुनिने

सारांश

  • काठमाडौं, २८ माघ -नेकपा एमाले प्रदेश–४ स्तरीय संसदीय दलको नेता छान्न प्रदेशसभा संसदीय दलको बैठक आह्वान गरेको छ ।
  • आज बस्ने बैठकले संसदीय दलको नेता छान्ने भएको छ ।
  • आज छानिने नेता नै प्रदेश–४ को मुख्यमन्त्री बन्नेछन्।

काठमाडौं, २८ माघ -नेकपा एमाले प्रदेश–४ स्तरीय संसदीय दलको नेता छान्न प्रदेशसभा संसदीय दलको बैठक आह्वान गरेको छ । आज बस्ने बैठकले संसदीय दलको नेता छान्ने भएको छ । आज छानिने नेता नै प्रदेश–४ को मुख्यमन्त्री बन्नेछन्।

प्रदेशभित्र सम्बन्धित दलको संसदीय दलको नेता मुख्यमन्त्रीको दाबेदार बन्ने प्रावधान छ । दुवै नेता गुरुङको प्रतिस्पर्धाले दलको नेता को बन्ने भन्ने विषय रोचक बनेको छ । पृथ्वीसुब्बा र किरण दुवै ओली पक्षका नेता हुन् । पृथ्वीसुब्बा एमालेका सचिव हुन् भने किरण स्थायी कमिटी सदस्य हुन् ।

संसदीय दलको नेताका लागि एमालेका प्रदेश–४ संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ चर्चामा छन् । दुवैजना मुख्यमन्त्रीको चाहनासहित दलको नेता बन्ने दौडधूप र भेटघाटमा व्यस्त छन् । प्रदेश नम्बर ४ मा एमालेका २७ जना सदस्य रहेका छन्।

माओवादी केन्द्रसँग गठबन्धनमा रहेको एमालेसँग प्रदेश ४ मा बहुमत सदस्य संख्या रहेको छ । दुवैजना एमालेका बरिष्ठ मानिने नेताबीच प्रतिस्पर्धा भएपछि कसलाई दलको नेता छान्ने भनेर नेताबीच चर्चा छ । सकेसम्म सहमतिबाटै नेता चुन्ने प्रयास भएपनि टुंगो लागेको छैन । सहमतिमा एकजना छान्न नसके प्रदेश सदस्यको मतमार्फत संसदीय दलको नेता चुन्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?