आतङ्कवादी गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जरुरीः उपप्रधानमन्त्री निधि…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १, २०७३
|
|
४९६ पटक हेरिएको
Shares
आतङ्कवादी गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जरुरीः उपप्रधानमन्त्री निधि…

सारांश

  • काठमाडौँ, १ चैत ।
  • उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आतङ्कवाद विश्वव्यापी रुपमा गम्भीर चुनौतीका रुपमा देखिएको उल्लेख गर्दै त्यस्ता गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जनाउनुपर्ने बताउनुभएको छ ।
  • भारतको नयाँदिल्लीमा आजदेखि सुरु भएको प्रतिआतङ्कवादसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा गृहमन्त्री निधिले अन्तर्राष्ट्रिय समुदायका लागि सुरक्षा चासो सबैभन्दा चिन्ताको विषय भएको उल्लेख गर्नुभयो ।

काठमाडौँ, १ चैत । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आतङ्कवाद विश्वव्यापी रुपमा गम्भीर चुनौतीका रुपमा देखिएको उल्लेख गर्दै त्यस्ता गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जनाउनुपर्ने बताउनुभएको छ ।

भारतको नयाँदिल्लीमा आजदेखि सुरु भएको प्रतिआतङ्कवादसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा गृहमन्त्री निधिले अन्तर्राष्ट्रिय समुदायका लागि सुरक्षा चासो सबैभन्दा चिन्ताको विषय भएको उल्लेख गर्नुभयो । उहाँले आतङ्कवादी समूहले आफ्नो प्रभाव विस्तार गर्न खाजेकाले त्यसको रोकथामका लागि सबै राष्ट्र मिलेर बलियो कानुनी संयन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा संयन्त्र बलियो नबनाएसम्म आफ्ना नागरिकको सुरक्षा गर्न कठिन हुने निधिको भनाइ थियो । एक दशकअधि इराक र केही वर्षअघि काबुलमा क्रुर तरिकाबाट मारिएका नेपालीको प्रसङ्ग उल्लेख गर्दै उहाँले त्यस्ता गतिविधिले कुनै पनि समाजको प्रगति र देशको विकास हुन नसक्ने बताउनुभयो ।

गृहमन्त्री निधिले सबै किसिमका आतङ्कवादविरुद्ध नेपाल भएको बताउँदै प्रतिआतङ्कवाद रणनीति तयार गर्नुपर्नेमा जोड दिनुभएको उपप्रधानमन्त्री निधिका प्रेस संयोजक रामजी दाहालले जानकारी दिनुभयो ।

भारतका उपराष्ट्रपति हमिद अन्सारी प्रमुख अतिथि रहनुभएको कार्यक्रमका प्रमुख वक्तामा श्रीलङ्काका प्रधानमन्त्री रलिन विक्रमा सिङ्गे, नेपालका उपप्रधान तथा गृहमन्त्री निधि, भारतका रेल्वे मन्त्री सुरेश प्रभू र हरियाणाका मुख्यमन्त्री मनोहरलाल खत्तर हुनुहुन्छ । सम्मेलन आगामी बिहीबारसम्म चल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?