एक करोड ९२ लाख राजश्व संकलन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
२५ पटक हेरिएको
Shares
एक करोड ९२ लाख राजश्व संकलन

सारांश

  • रामपुर (पाल्पा), १७ साउन ।
  • आर्थिक वर्ष २०७३÷७४ मा मालपोत कार्यालय रामपुरले रु एक करोड ९२ लाख ४५ हजार राजश्व संकलन गरेको छ ।
  • आव २०७२÷७३ मा कार्यालयले रु एक करोड ८० लाख २३ हजार राजश्व संकलन गरेको थियो ।

रामपुर (पाल्पा), १७ साउन । आर्थिक वर्ष २०७३÷७४ मा मालपोत कार्यालय रामपुरले रु एक करोड ९२ लाख ४५ हजार राजश्व संकलन गरेको छ ।

आव २०७२÷७३ मा कार्यालयले रु एक करोड ८० लाख २३ हजार राजश्व संकलन गरेको थियो । कार्यालयले रजिष्ट्रेशन शुल्कमा नगरक्षेत्रबाट रु एक करोड ६६ लाख ९१ हजार र ग्रामीण क्षेत्रबाट रु दुई लाख १३ हजार, रोक्का र सेवा शुल्कमार्फत रु २१ लाख २७ हजार, पँुर्जा बिक्रिबाट रु ४७ हजार र नामसारीबाट रु एक लाख ६५ हजार राजश्व असुल गरेको मालपोत कार्यालयका नायव सुब्बा देवेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

रजिष्ट्रेशन शुल्क रु एक करोड ६९ लाख चार हजारमध्ये कार्यालयले रु २९ लाख ३६ हजार जिल्ला समन्वय समितिलाई, रु ८१ लख ३४ हजार रामपुर नगरपालिकालाई र बाँकी रु ५८ लाख ३३ हजार केन्द्रीय राजश्व कार्यालयमा दाखिला गरेको छ ।

मालपोत कार्यालयले यस वर्ष ग्रामीण क्षेत्रको १५४ र शहरी क्षेत्रको दुई हजार ४३९ लिखत गरेको छ । एक सय ८७ जनाको जग्गाको नामसारी, ३५ जनाको जग्गाको क्षेत्रफल संशोधन र १७ जनाको जग्गाको अदालतबाट दाखिला गरेको छ । गत आवदेखि मालपोत कार्यालय रामपुरले रामपुर नगरपालिकासहित बाकामलाङ, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले र सिलुवाका सेवाग्राहीलाई सेवा प्रदान गर्दैआएको छ ।

यस्तै आव २०७२÷७३ मा रु तीन करोड ७४ लाख ६० हजार राजश्व संकलन गरेको जिल्ला मालपोत कार्यालय तानसेनले आव २०७३÷७४ मा रु चार करोड ६९ लाख ५९ हजार संकलन गरेको छ । नापी कार्यालयले आव २०७३÷७४ मा रु सात लाख राजश्व संकलन गरेको छ । कार्यालयले नक्सा प्रिन्ट, ट्रेस र फिल्ड रेखाङ्कनमार्फत रु ६ लाख ९७ हजार राजश्व संकलन गरेको छ ।

आव २०७२÷७३ मा रु ५ लाख ११ हजार राजस्व संकलन गरेको कार्यालयले आव २०७३÷७४ मा रु एक लाख ८६ हजार बढी राजस्व संकलन गरेको छ । कार्यालयले नक्सा ब्लु प्रिन्ट र नक्सा ट्रेस शुल्कमार्फत रु चार लाख ७७ हजार र फिल्ड रेखाङ्कनमार्फत रु दुई लाख २० हजार राजश्व संकलन गरेको नापी कार्यालयका निमित्त प्रमुख रामनाथ महतोले बताउनुभयो ।

विसं २०७१ मङ्सिरमा स्थापना भएको कार्यालयले हाल नक्सा प्रिन्ट, टे«स, फिल्ड रेखाङ्कनलगायतका कार्य गर्दैआएको छ । कार्यालयले रामपुर, दर्छा, गाँडाकोट, खालीवन, गेझा, सहलकोट, झिरुवास, गल्धा, अर्चले, सिलुवाका सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जानीजानी गर्छन् त डाक्टरले गल्ती !
जानीजानी गर्छन् त डाक्टरले गल्ती !
राष्ट्रियसभाको आजको बैठकमा बालबालिका सम्बन्धी विधेयक पेश !
राष्ट्रियसभाको आजको बैठकमा बालबालिका सम्बन्धी विधेयक पेश !
प्रतिनिधिसभाको बैठक स्थगित
प्रतिनिधिसभाको बैठक स्थगित
अवैध पोल्ट्रीजन्य वस्तु भित्रिँदा किसानलाई समस्या
अवैध पोल्ट्रीजन्य वस्तु भित्रिँदा किसानलाई समस्या
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
पूर्वाधार विकासका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः नेता नेपाल
पूर्वाधार विकासका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः नेता नेपाल
राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाएको अर्थमन्त्रालयको दावी
कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान

तपाईंले छुटाउनुभयो कि?