विजय तिमिल्सिनाले गरे काठमाडौं क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घाेषणा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ६, २०७९
|
|
२२ पटक हेरिएको
Shares
विजय तिमिल्सिनाले गरे काठमाडौं क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घाेषणा

सारांश

  • काठमाडौं।
  • संघीय र प्रदेश चुनावको मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेदवारी दिनेको लर्को लाग्न थालेको छ।
  • संचारकर्मी रवि लामिछानेले संचारकर्मबाट विदा दिँदै चुनावमा उठ्ने तयारी गरिरहेका बेला काठमाडौं सरस्वती नगरका विजय तिमिल्सिनाले काठमाडौं क्षेत्र नम्बर तीनबाट उम्मेदवारी घोषणा गरेका हुन्।

काठमाडौं। संघीय र प्रदेश चुनावको मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेदवारी दिनेको लर्को लाग्न थालेको छ।

संचारकर्मी रवि लामिछानेले संचारकर्मबाट विदा दिँदै चुनावमा उठ्ने तयारी गरिरहेका बेला काठमाडौं सरस्वती नगरका विजय तिमिल्सिनाले काठमाडौं क्षेत्र नम्बर तीनबाट उम्मेदवारी घोषणा गरेका हुन्।

परम्परावादी राजनीतिक दलबाट जनआकांक्षा अनुसार काम नभएको भन्दै स्वतन्त्र उम्मेवारी दिएर जनताको परिवर्तनको चाहना पूरा गर्न आफू चुनावमा उठ्न लागेको उनको भनाइ छ।

मुलुकमा राजनीतिक स्थिरता कायम गर्न जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्ने राजनीतिक मार्गचित्रसहित तिमिस्लिनाले उम्मेदवारी घोषणा गरेका हुन्। उनले संघीयता खारेजी, सरकारी बजेटको सही सदुपयोग र दीर्घकालीन विकासको अवधारणा दिएर जनमाझ जाने बताए।

दलबाट निर्वाचित प्रतिनिधिले दलीय निर्देशनमा काम गर्ने भएकाले जनअपेक्षा अनुसार काम हुन नसकेको यो पटक जनताले स्वतन्त्र उम्मेदवारलाई जिताउने उनले दाबी गरे।

काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका, जनकपुर उपमहानगरपालि र धनगढी उपमहानगरपालिकामा गत स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी विजयी भएपछि स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढ्न थालेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?