आयल निगमका पूर्वप्रबन्ध निर्देशक १३ वर्षीय किशोरीलाई बलात्कारको आरोपमा पक्राउ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २५, २०७४
|
|
४१ पटक हेरिएको
Shares
आयल निगमका पूर्वप्रबन्ध निर्देशक १३ वर्षीय किशोरीलाई बलात्कारको आरोपमा पक्राउ !

सारांश

  • बुढेसकालमा यौन चाहना नियन्त्रण गर्न नसक्दा नेपाल आयल निगमका पूर्वप्रबन्ध निर्देशक युवराज शर्मा प्रहरी हिरासतमा पुगेका छन् ।
  • आफ्नै घरमा काम गर्ने १३ वर्षीय किशोरीलाई बलात्कारको आरोपमा महानगरीय प्रहरी वृत्त गौशालाले उनलाई पक्राउ गरेको हो ।
  • पिंगलास्थान बस्ने शर्मालाई प्रहरीले ११ जेठमा पक्राउ गरेको हो ।

बुढेसकालमा यौन चाहना नियन्त्रण गर्न नसक्दा नेपाल आयल निगमका पूर्वप्रबन्ध निर्देशक युवराज शर्मा प्रहरी हिरासतमा पुगेका छन् । आफ्नै घरमा काम गर्ने १३ वर्षीय किशोरीलाई बलात्कारको आरोपमा महानगरीय प्रहरी वृत्त गौशालाले उनलाई पक्राउ गरेको हो ।

पिंगलास्थान बस्ने शर्मालाई प्रहरीले ११ जेठमा पक्राउ गरेको हो । जबर्जस्ती करणी मुद्दामा अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएको गौशाला वृत्तका डिएसपी नवराज कार्कीले बताए । पीडित किशोरीले शर्माले ६ जेठमा आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको डिएसपी कार्कीले बताए । सा“झको समयमा शर्मा कोठामा मदिरा पिइरहेका थिए । किशोरीलाई उनले पानी ल्याउन लगाए । पानी लिएर कोठामा पुगेपछि ढोका लगाएर खाटमा लगी आफूमाथि बलात्कार गरिएको किशोरीले दिएको उजुरीमा छ ।

किशोरीका दाइ पनि सोही घरमा काम गर्दथे । घरछेउमा बहिनी रोइरहेको देखेपछि उनले त्यसको कारण सोधेका थिए । तर, तत्काल उनीहरूले प्रहरीमा उजुरी दिन सकेनन् । उनीहरू शारदा स्कुलमा पढ्थे । उक्त स्कुलमा बालक्लब थियो । घटनाबारे बालक्लबमा कुरा भयो । बालक्लबमा माइती नेपाल संस्थामा बस्दै आएका विद्यार्थीसमेत थिए । तिनै विद्यार्थीले घटनाबारे माइती नेपालका पदाधिकारीलाई जानकारी दिएपछि घटना प्रहरीसम्म पुगेको हो । पीडित किशोरीको मेडिकल रिपोर्टमा पनि बलात्कार भएको प्रस्ट छ ।

६४ वर्षीय शर्मा मेकानिकल इन्जिनियर हुन् । नेपाल आयल निगमका एमडीका रूपमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्दै उनीविरुद्ध भ्रष्टाचार मुद्दासमेत चलेको थियो । जसमा उनलाई अदालतले समेत दोषी ठहर गरेको थियो । शर्मा एक वर्ष जेल बसेर छुटेका हुन् । शर्मा पक्राउ परेपछि उनलाई मुद्दा नचलाउन धेरै नेताबाट दबाब आएको प्रहरी स्रोत बताउँछ । दाङ घर भएका उनी कांग्रेस नेता खुमबहादुर खड्काका आफन्त तथा साथी हुन् । शर्माले भने आफूमाथि झुटो आरोप लागेको बयान दिएका छन् । किशोरीलाई उचालेर कसैले मुद्दा हाल्न लगाएको उनको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाम गठबन्धनलाई बदनाम गर्ने कांग्रेस रणनीतिःमाओवादी मन्त्री हटाउने  तयारी  !
वाम गठबन्धनलाई बदनाम गर्ने कांग्रेस रणनीतिःमाओवादी मन्त्री हटाउने तयारी !
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम
कांग्रेस केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द, भोलि जुममार्फत पदाधिकारी बैठक
कांग्रेस केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द, भोलि जुममार्फत पदाधिकारी बैठक
छानबिनकाे लागि गएकाे सिअाइबिमाथि छानबिन गरिने !
छानबिनकाे लागि गएकाे सिअाइबिमाथि छानबिन गरिने !
पाल्पा कारागारका वन्दी शिक्षक तथा विद्यार्थीका प्रशिक्षक
पाल्पा कारागारका वन्दी शिक्षक तथा विद्यार्थीका प्रशिक्षक
स्वायत्त औद्योगिक व्यवस्थापन विकास प्राधिकरण बनाउनु पर्ने नन्दकिशोर बस्नेतको माग
स्वायत्त औद्योगिक व्यवस्थापन विकास प्राधिकरण बनाउनु पर्ने नन्दकिशोर बस्नेतको माग
भारततर्फ तटवन्ध,नेपालतर्फ कटान
भारततर्फ तटवन्ध,नेपालतर्फ कटान
सञ्चार माध्यममा २५ वटा आचारसंहिता उलङ्घनका घटना !
ईलामको देउमाईमा ट्याक्सी दुर्घटना १ को मृत्यु ११ घाइते
प्रदेश १ को राजधानी कहाँ ? यस्ता छन् उम्मेदवारको चुनावी मुद्दा
प्रदेश १ को राजधानी कहाँ ? यस्ता छन् उम्मेदवारको चुनावी मुद्दा