आयो ‘न्यायिक आवाज’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
आयो ‘न्यायिक आवाज’

सारांश

  • काठमाडौं ।
  • न्यायपालिका अधिकृत समाजद्धारा प्रकाशित पुस्तक ‘न्यायिक आवाज’ विमोचन भएको छ ।
  • सर्वोच्च अदालतमा एक कार्यक्रमकाबीच न्यायिक आवाजको मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईले विमोचन गरे ।

काठमाडौं । न्यायपालिका अधिकृत समाजद्धारा प्रकाशित पुस्तक ‘न्यायिक आवाज’ विमोचन भएको छ ।

सर्वोच्च अदालतमा एक कार्यक्रमकाबीच न्यायिक आवाजको मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईले विमोचन गरे । समाजको आठौं संस्करणका रुपमा प्रकाशित पुस्तकमा न्याय क्षेत्रसँग सम्बन्धित ३५ वटा लेखकका अनुसन्धानात्मक लेख समावेश छन् ।

न्याय क्षेत्रसँग सम्बन्धित सैद्धान्तिम मूल्य मान्यता तथा यस क्षेत्रमा काम गर्दाका अभ्यास, अनूभूति र विश्लेषण समावेश गरिएको छ ।

५४२ पृष्ठ रहेको पुस्तक न्यायिक आवाजको समाजका प्रमुख संरक्षक सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार भट्टराईले समाजबाट प्रकाशित भएको पुस्तकले न्याय र कानुन क्षेत्रसँग सम्बन्धित जिज्ञासा राख्नेहरुका लागि उपयोगी सामाग्री भएको बताए ।

कार्यक्रममा समाजका अध्यक्ष महेन्द्रनाथ उपाध्यायले नयाँ संविधान र नयाँ कानुनको कार्यान्वयनका चरणमा रहेकाले प्रकाशित पुस्तक समसामयिक रहेको बताए । समाजका महासचिव बाबुराम दाहालले न्यायपालिका अधिकृत समाजले न्याय क्षेत्रका अधिकृतको व्यवसायिक क्षमता अभिवृद्धिका लागि काम गरिरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?