इन्धन बोक्ने ट्यांकरभित्र एक सय ६० केजी गाँजा बरामद, २ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
२९ पटक हेरिएको
Shares
इन्धन बोक्ने ट्यांकरभित्र एक सय ६० केजी गाँजा बरामद, २ जना पक्राउ

सारांश

  • एक सय ६० केजी अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन्।
  • नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १ सय ६० केजी अवैध लागूऔषध गाँजासहित मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ का २२ वर्षीय सोमबहादुर थोकर र सोही जिल्ला कैलाश गाउँपालिका वडा नम्बर २ का ३६ वर्षीय इमानसिंह स्याङबोलाई पक्राउ गरिएको जानकारी दिएको हो।
  • गत शनिबार विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले उनीहरूलाई इन्धन बोक्ने ट्यांकरमा लुकाइछिपाइ राखिएको गाँजासहित काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित झ्याप्ले खोला सडक किनाराबाट पक्राउ गरेको हो।

एक सय ६० केजी अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १ सय ६० केजी अवैध लागूऔषध गाँजासहित मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ का २२ वर्षीय सोमबहादुर थोकर र सोही जिल्ला कैलाश गाउँपालिका वडा नम्बर २ का ३६ वर्षीय इमानसिंह स्याङबोलाई पक्राउ गरिएको जानकारी दिएको हो।

गत शनिबार विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले उनीहरूलाई इन्धन बोक्ने ट्यांकरमा लुकाइछिपाइ राखिएको गाँजासहित काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित झ्याप्ले खोला सडक किनाराबाट पक्राउ गरेको हो।

ना ४ ख ५३६८ नम्बरको इन्धन बोक्ने ट्यांकरभित्र अगाडि क्याबिनमा ७ वटा प्लाष्टिकका बोराभित्र १७ वटा पोकाहरूमा प्याक गरिएको गाँजा बरामद गरिएको ब्यूरो प्रमुख प्रहरी नायव महानिरीक्षक ठूले राईले जानकारी दिए।

बरामद लागू औषध गाँजा ट्यांकरमा लुकाइछिपाइ त्रिभुवन राजपथको बाटो हुँदै सर्लाहीको मलंगवाबाट भारत निकासी गर्न लागिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। पक्राउ परेका स्याङबो र थोकर दुवै जना विगत लामो समयदेखि अवैध लागूऔषध गाँजा कारोबारमा संलग्न रहेको प्रहरीले आशंका गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?