गाउँपालिका अध्यक्षद्वारा पत्रकारमाथि धम्की र दुव्र्यवहार, महासंघको ध्यानाकर्षण
सारांश
- काठमाडौं, २५ असार ।
- नेपाल पत्रकार महासंघ ५ नम्बर प्रदेश समिति सदस्य रामविकास चौधरीलाई रुपन्देहीको सम्मवरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले दुव्र्यवहार गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको ध्यानाकर्षण भएको छ ।
- महासचिव रमेश विष्टले प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाएका हुन् ।
काठमाडौं, २५ असार । नेपाल पत्रकार महासंघ ५ नम्बर प्रदेश समिति सदस्य रामविकास चौधरीलाई रुपन्देहीको सम्मवरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले दुव्र्यवहार गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको ध्यानाकर्षण भएको छ । महासचिव रमेश विष्टले प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाएका हुन् ।
असार २२ गते समाचार गर्न गाउँपालिकाको कार्यालय पुगेका चौधरीलाई अध्यक्ष शुक्लाले सिटिजन्स पोष्ट अनलाइनमा “सरकारी सवारी साधनमा निजी नम्बर” शीर्षकमा प्रकाशित समाचार र लिखित निवेदनमार्फत सूचना मागेको भन्दै दुव्र्यवहार गरिएको विज्ञप्तिमा उल्लेख छ । उनले पत्रकार चौधरीको हातमा समातेर गाउँपालिकाको कार्यालयबाट बाहिर निकाली गोरखपुर पु¥याइदिने भनेर धम्क्याएको पीडित पत्रकार चौधरीले बताएको विज्ञप्तिमा उल्लेख छ ।
“प्रकातिशत तथा प्रसारित समाचारको विषयमा चित्त नबुझे त्यसउपर अपनाउनुपर्ने कानुनी उपचारलाई छाडेर सार्वजनिक पदमा बसेका व्यक्तिबाट भएको यस्तो गैरजिम्मेवार कार्य प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हो”, विज्ञप्तिमा भनिएको छ । महासंघले प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यको कडा भत्र्सना गरेको छ । विज्ञप्तिमा घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग महासंघले माग पनि गरेको छ ।
प्रतिक्रिया