उपेन्द्र यादवले मतदान गरे, गच्छदारले पनि गर्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
२० पटक हेरिएको
Shares
उपेन्द्र यादवले मतदान गरे, गच्छदारले पनि गर्दै

सारांश

  • काठमाडौं,असार १४ – संघीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्वमन्त्री उपेन्द्र यादवले विराटनगरको डिग्री क्याम्पसबाट मतदान गर्नुभएको छ ।
  • त्यस्तै विराटनगर महानगरपालिकाका विभिन्न मतदान केन्द्रबाट सात जना पूर्वमन्त्रीले मतदान गर्दै हुनुहुन्छ ।
  • यादवसहित पूर्वमन्त्री लालबाबु पण्डित, सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गिरिराजमणि पोखरेल र गोपी आछामीले मतदान गर्नुहुनेछ ।

काठमाडौं,असार १४ – संघीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्वमन्त्री उपेन्द्र यादवले विराटनगरको डिग्री क्याम्पसबाट मतदान गर्नुभएको छ । त्यस्तै विराटनगर महानगरपालिकाका विभिन्न मतदान केन्द्रबाट सात जना पूर्वमन्त्रीले मतदान गर्दै हुनुहुन्छ ।
यादवसहित पूर्वमन्त्री लालबाबु पण्डित, सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गिरिराजमणि पोखरेल र गोपी आछामीले मतदान गर्नुहुनेछ । सुजाता कोइरालाले विराटनगर स्थित आदर्श स्कुल मतदान केन्द्र र पोखरिया स्कुल मतदान केन्द्रबाट डा. मिनेन्द्र रिजालले मतदान गर्नुहुनेछ ।
त्यस्तै महेश आचार्यले जनता स्कुल, गिरिराजमणि पोखरेलले जमुनगाछी मतदान केन्द्र, बहालवाला मन्त्री शिवकुमार मण्डलले सुनवर्सी नगरपालिकाबाट मतदान गर्नु हुने सम्बन्धित दलले जनाएका छ । त्यस्तै नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदारले भने सुनसरीबाट मतदान गर्दैहुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?