पाँच जना यात्रु रहेको हेलिकोप्टर गोरखाको मनास्लुबाट सम्पर्कविहीन !

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २३ भदाै।
  • गोरखाको मनास्लुमा पर्यटक छाडेर फर्कँदै गरेको अल्टीच्युट एयरको विहेलिकोप्टर सम्पर्कविहीन भएको छ।
  • उक्त हेलिकोप्टर शनिबार बिहान ८ बजेर ५ मिनेट जाँदाबाट सम्पर्कविहीन बनेको हो।

काठमाडाै, २३ भदाै। गोरखाको मनास्लुमा पर्यटक छाडेर फर्कँदै गरेको अल्टीच्युट एयरको विहेलिकोप्टर सम्पर्कविहीन भएको छ। उक्त हेलिकोप्टर शनिबार बिहान ८ बजेर ५ मिनेट जाँदाबाट सम्पर्कविहीन बनेको हो।  गोरखाको सानागाउँबाट काठमाडौँ आउँदै गरेको उक्त विमान उडेको केही समयमा नै सम्पर्कविहीन भएको हो।

अल्टीच्यूटका सञ्चालक सीताराम सापकोटाले हेलिकोप्टर कतै अवतरण भएको आशंका गरिएको बताए। ‘धादिङ्गको कुनै गाउँमा अवतरण भएको आशंका छ, हामी लोकेसन पत्ता लगाउँदै छौं।’

गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले हेलिकोप्टर सम्पर्कविहीन भएको जानकारी आएको बताए। उनले विमान सानगाउँबाट २५ माइल दूरी क्रस भएपछि सम्पर्कबाहिर गएको जानकारी दिए। ‘हेलिकोप्टर सम्पर्कविहीन भएको जानकारीमा आएको छ, हामीले खोजी सुरु गरिसकेका छौँ।’ उक्त विमानमा ४ नेपाली र एक जापानी गरी पाँच जना यात्रु रहेको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?