प्रधानन्यायाधीश ताेक्न संवैधानिक परिषदको बैठक आज बस्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
प्रधानन्यायाधीश ताेक्न संवैधानिक परिषदको बैठक आज बस्दै

सारांश

  • काठमाडाैँ ।
  •  नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ ।
  • परिषदका सदस्यको ब्यस्तताका कारण स्थगित हुँदै आएको बैठक आज बस्ने भएको हो ।

काठमाडाैँ । नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ ।

परिषदका सदस्यको ब्यस्तताका कारण स्थगित हुँदै आएको बैठक आज बस्ने भएको हो । यसअघि यही मंसिर १७ गते बैठक बसे पनि सिफारिसको निर्णय नगरी बैठक सकिएको थियो ।

धानन्यायाधीश मिश्रले आगामी पुस १७ गते उमेर हदका कारण अवकाश पाउने र नयाँ प्रधानन्यायाधीश एक महिना अघि नै सिफारिस गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार यसअघि मंसिर १७ गते बैठक डाकिएको हो ।

न्यायपरिषद्ले यसअिघ नै प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र चोलेन्द्र सम्शेर जबराको नाम सिफारिस गरेको थियो । जोशी यस अघि संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएपछि अहिलेका प्रधानन्यायाधीश मिश्रको नाम सिफारिस गरिएको थियो ।

प्रधानन्यायाधीशमा सिफारिसका लागि सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?