आरनमा बन्दुक बनाउन थालेपछि…
सारांश
- काठमाडौं ।
- गाउँघरमा हसियाँ, कोदालो बनाउने आरनमा बन्दुक लगायतका हतियार बनाएको भन्दै गुल्मी धुर्कोटबाट आरनसहित एकजनालाई पक्रेको छ ।
- जिल्ला प्रहरी कार्यालय गुल्मीले धुर्कोट हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसीलाई घरमा आरन चलाएर भरुवा बन्दुक बनाएको आरोपमा पक्रेको हो ।
काठमाडौं । गाउँघरमा हसियाँ, कोदालो बनाउने आरनमा बन्दुक लगायतका हतियार बनाएको भन्दै गुल्मी धुर्कोटबाट आरनसहित एकजनालाई पक्रेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले धुर्कोट हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसीलाई घरमा आरन चलाएर भरुवा बन्दुक बनाएको आरोपमा पक्रेको हो ।
प्रहरीले आरनबाट भरुवा बन्दुक बनाउन प्रयोग हुने सामग्रीसहित जिसीलाई सार्वजनिक गरेको छ ।
। प्रहरीले जिसीको घरबाट तीन थान भरुवा बन्दुक, मेडइन कोलकत्ता लेखिएको एक थान टोय एर गन, दुई थान बन्दुकको नाल, बन्दुकको छर्रा बनाउन प्रयोग हुने रड, बारुद, बन्दुकको टेगर, सटगनको खोका लगायतका सामाग्री बरामद गरेको गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताएका छन् ।
विशेष सुचनाका आधारमा अनुसन्धान गर्दै जाँदा हतियार बनाउने सामानसहित आरन पनि प्रहरीले लिएको हो । पक्राउ परेका जिसीलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया