एमाले–माओवादी केन्द्रको ब्यानर : लेनिन दिवसमै छैन लेनिनको फोटो, कार्यकर्तामा आक्रोश र चर्को नाराबाजी

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
एमाले–माओवादी केन्द्रको ब्यानर : लेनिन दिवसमै छैन लेनिनको फोटो, कार्यकर्तामा आक्रोश र चर्को नाराबाजी

सारांश

  • काठमाडौँ, ९ बैशाख ।
  • लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रम शुरुमै विवादित भएको छ ।
  • मञ्चमा टाँगिएको ब्यानरको विषयमा अहिले चर्को नाराबाजी शुरु भएको छ ।

काठमाडौँ, ९ बैशाख । लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रम शुरुमै विवादित भएको छ । मञ्चमा टाँगिएको ब्यानरको विषयमा अहिले चर्को नाराबाजी शुरु भएको छ ।

ब्यानरमा कार्ल माक्र्स र लेनिनको फोटो नभएको भन्दै नाराबाजी सुरु भएको छ । पार्टी एकताको घोषणा गर्ने दिनको रुपमा हेरिएको वैशाख ९ को आजको कार्यक्रममा एकताबारे कुनै निर्णय नभए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले एकताको सन्देश दिने कार्यक्रम रहेको थियो ।

ठूलो संख्यामा रहेका कार्यकर्ताहरु माक्र्स र लेनिनको फोटो नदेखिएपछि नाराबाजीमा उत्रेका हुन् । १२ बजे सुरु हुने भनिएको सो कार्यक्रम १ बजिसक्दा समेत कार्यक्रम सुरु भएको छैन ।

ब्यानरमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल, जनताको बहुदलीय जनवादका प्रवर्तक मदन भण्डारी, पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीसँग ओली र प्रचण्डको फोटो छ । ब्यानरमा माक्र्स र लेनिन फोटो नभएको भन्दै कार्यकर्ता आक्रोशित भएका हुन् । लेनिन जयन्तीमा आयोजित कार्यक्रममा लेनिनकै तस्बिर नदेखिएपछि आपति जनाएका हुन् ।

कार्यक्रममा शीर्ष नेता उपस्थित छैनन् । कार्यकर्ताहरु ब्यानर हटाउन गएपछि प्रहरीले उनीहरुलाई रोकेको छ । माओवादी केन्द्रको ठाउँमा “माके” लेखेको भन्दै माओवादी केन्द्रका कार्यकर्ता थप आक्रोशित देखिएका छन् । कार्यक्रममा उपस्थित माओवादी केन्द्रका वरिष्ठ नेता तथा मन्त्री वर्षमान पुन “अनन्त” कार्यकर्ता सम्झाउन सक्रिय भए पनि आक्रोश घटेको छैन ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ganesh Karki

    सैदान्तीक लेनीन नभै अभीनय मात्रै भयर हो की ?

    Comment Author

    Jaya Aago Paudel

    Siddanta lennin ko bhayapo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज १२ सय ७२ संक्रमित थप
आज १२ सय ७२ संक्रमित थप
फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा
फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा
यसरी पो जाँदो रहेछ शीतल निवासबाट सोझै सर्वोच्चमा सूचना
यसरी पो जाँदो रहेछ शीतल निवासबाट सोझै सर्वोच्चमा सूचना
विकास खर्च सुधार्न भन्दै विश्व बैंकले दियो १ अर्ब ६४ करोड
विकास खर्च सुधार्न भन्दै विश्व बैंकले दियो १ अर्ब ६४ करोड
हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन: प्रधानमन्त्री ओली
हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन: प्रधानमन्त्री ओली
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते
जापानसँगको ‘जिट्को’ सम्झौता परिमार्जनको तयारीमा
जापानसँगको ‘जिट्को’ सम्झौता परिमार्जनको तयारीमा
कुमार सानुले छोराले लगाएको आरोपबारे भने, अब उसँग भेट्नेछैन्
कुमार सानुले छोराले लगाएको आरोपबारे भने, अब उसँग भेट्नेछैन्
नेपाल लोकतान्त्रिक फोरम प्रदेश नं ४ को पुर्नगठन ,पोखराका अमन कोषाध्यक्ष
नेपाल लोकतान्त्रिक फोरम प्रदेश नं ४ को पुर्नगठन ,पोखराका अमन कोषाध्यक्ष

तपाईंले छुटाउनुभयो कि?