एयरपोर्ट सुनकाण्डमा समातिएका एसएसपी खत्री २ लाख धरौटीमा छुटे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ४, २०७३
|
|
७१३ पटक हेरिएको
Shares
एयरपोर्ट सुनकाण्डमा समातिएका एसएसपी खत्री २ लाख धरौटीमा छुटे

सारांश

  • त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी काण्डमा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्री धरौटीमा छुटेका छन् ।
  • न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीसहित ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
  • अदाततले एसएसपी खत्रीसँग जम्मा २ लाख रुपैयाँ धरौटी मागेको थियो ।

त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी काण्डमा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्री धरौटीमा छुटेका छन् ।


न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीसहित ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । अदाततले एसएसपी खत्रीसँग जम्मा २ लाख रुपैयाँ धरौटी मागेको थियो ।

उनी रकम बुझाएर शुक्रबार नै छुटेका छन् । सुनकाण्डमा मुछिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विमानस्थल सुरक्षा प्रमुख एसएसपी खत्रीलाई माघ २३ गते पक्राउ गरेको थियो । त्यसअघि उनी हेडक्वाटर तानिएका थिए ।

खत्री विमानस्थलको सुरक्षा प्रमुख रहेकै बेला दुबईबाट आएको सुन विमानस्थलबाट बाहिरिएको थियो, जसलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रमा सुन तस्करहरुसँग एसएसपी खत्रीको सम्वन्ध देखिएको सीआईबीको दाबी थियो ।

तर, उनी धरौटीमा छुटेका छन् । यस्तै सपन श्रेष्ठ, सुनिल श्रेष्ठ, राजेश शाक्य र मनोज श्रेष्ठ पनि एक-एक लाख धरौटी बुझाएर छुटेको अदालतले जनाएको छ ।

७ जनालाई भने पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सीआईबीले सुन तस्करी काण्डमा ३३ जनाविरुद्ध मुद्धा चलाएको छ, जसमध्ये २१ जना अझै फरार छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?