ओलीको गृहजिल्लामा दोहोरियो भरतपुर काण्ड! अर्जुनधारा २ मा पुनःमतगणनाको माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १९, २०७४
|
|
२३ पटक हेरिएको
Shares
ओलीको गृहजिल्लामा दोहोरियो भरतपुर काण्ड! अर्जुनधारा २ मा पुनःमतगणनाको माग

सारांश

  • बिर्तामोड, १९ असार ।
  • नेपाली काँग्रेसका झापा जिल्ला सभापति उद्धब थापाले मतगणना स्थलमा पस्न प्रहरीले रोकेको आक्रोश पोख्दै मतगणना स्थगित गर्नुपर्ने परिस्थिती निम्त्याएको छ ।
  • मतगणना स्थलमा एमालेका सांसद् प्रेम गिरी मतगणना स्थलमा पुगेर केही समय बसेर निस्किएपनि सोही बिषयलाई लिएर काँग्रेसले बिबाद् गरेको हो ।

बिर्तामोड, १९ असार । नेपाली काँग्रेसका झापा जिल्ला सभापति उद्धब थापाले मतगणना स्थलमा पस्न प्रहरीले रोकेको आक्रोश पोख्दै मतगणना स्थगित गर्नुपर्ने परिस्थिती निम्त्याएको छ ।

मतगणना स्थलमा एमालेका सांसद् प्रेम गिरी मतगणना स्थलमा पुगेर केही समय बसेर निस्किएपनि सोही बिषयलाई लिएर काँग्रेसले बिबाद् गरेको हो । प्रेम गिरीलाई पस्न दिने तर उद्धब दार्इलार्इ नदिने भनेर काँग्रेस कार्यकर्ताले उकुर्जी गरेका थिए ।

अर्जुनधारा वडा न २ को मत मतगणनाको क्रममामा देखिएको बिवाद निर्वाचन आयोग केन्द्रमा पठाइएको छ । निर्बाचन अधिकृत राधाकृष्ण खतिबडाका अनुसार नेपाली काँग्रेसले सो क्षेत्रमा पुन मतदान गर्न माग गर्दै आयोगमा उजुरी गरेको छ ।

सो बडामा नेपाली काँग्रेसका उमेद्बार भन्दा नेकपा एमालेका बडा अध्यक्षका उमेद्बारले ४ मत बढी ल्याई बिजयी हुने समयमा काँग्रेसका प्रतिनिधीहरुले सही नगरी बिबाद् गरेपछि मतगणना स्थगित भएको थियो ।

आयोग केन्द्रको निर्णय नआएसम्म सम्पूर्ण मतगणना स्थगित भएको छ । सो नगरमा नेकपा एमालेका मेयर, उपमेयर लगायत अधिकांश बडामा एमालेले बिजय हासिल गर्दै लगेको थियो ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?