भक्तपुरको विकासको फड्कोलाई कसैले रोक्न नसक्ने : महेश बस्नेत
सारांश
- भक्तपुर, २ चैत ।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योग मन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकासमा आमुल फड्को मारिरहेको भक्तपुरले अबका दिनमा विकास खोज्ने भन्दा पनि विकासले भक्तपुर खोज्ने दिन आएको बताए ।
- शनिबार भक्तपुरमा आयोजित आडाम्स ठिमीको २३ औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै सांसद बस्नेतले आम भक्तपुरवासीको सपना र चाहना अनुसार विकासले तिव्रता पाएको बताउँदै अबका दिनमा भक्तपुरले विकासको अध्यारोमा बस्ने दिनको अन्त्य भएको जिकिर गरे ।
भक्तपुर, २ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योग मन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकासमा आमुल फड्को मारिरहेको भक्तपुरले अबका दिनमा विकास खोज्ने भन्दा पनि विकासले भक्तपुर खोज्ने दिन आएको बताए ।
शनिबार भक्तपुरमा आयोजित आडाम्स ठिमीको २३ औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै सांसद बस्नेतले आम भक्तपुरवासीको सपना र चाहना अनुसार विकासले तिव्रता पाएको बताउँदै अबका दिनमा भक्तपुरले विकासको अध्यारोमा बस्ने दिनको अन्त्य भएको जिकिर गरे ।
सांसद बस्नेतले भक्तपुरमा धेरै ठूला तथा साना सडक निर्माणका कामहरु भइरहेको बताउँदै हनुमन्ते नदीमा पाँच वटा पुल समेत निर्माण अघि बढिरहेको जानकारी गराए । भक्तपुरमा अरनिको राजमार्गको बैकल्पीक सडकको रुपमा हनुमन्ते नदीको कोरिडोर निर्माण द्रुत गतिमा अघि बढिरहेको बताउँदै सांसद बस्नेतले पेप्सीकोलादेखि सल्लाघारीसम्मको सडक विस्तारको काम पनि तिव्र रुपमा अघि बढिरहेको बताए ।
भक्तपुरले विकासको नाममा विना व्यहोनुपर्ने दिन नआउने भन्दै उनले कुनै पनि विकास निर्माण, सडक निर्माण तथा विस्तार लगायतको कार्य गर्दा नागरिकको उठिवास हुने अवस्था आएमा राज्यले त्यसलाई क्षतीपूर्तीको व्यवस्था गर्ने जानकारी गराए ।
बस्नेतले भक्तपुरको आवश्यकता तथा जनतामूखि योजना अनुसार विकासको भेल बगाउने उद्घोष गर्दै कुनै पनि विकास निर्माणमा आगामी दिनमा बजेटको अभावले रोकिने वातावरण नआउने समेत बताए । उनले विकास निर्माणको क्रममा आउने समस्यालाई छलफल तथा वार्ताको माध्यबाट समाधान गर्न सकिने तर निर्माण कार्य भने रोक्न नसकिने उल्लेख गरे ।
पूर्वउद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले हुनमन्ते नदीको कोरिडोर निर्माण सम्पन्न भएपश्चात भक्तपुरका जनताले डुवानको समस्यालाई सधैको लागि अन्त्य हुने बताए । उनले करिडोरको निर्माणसँग ढल व्यवस्थापनलाई समेत विशेष ध्यान दिनुपर्ने र आधुनीक तवरले कोरिडोर तथा ढलको काम अघि बढिरहेको बताएका छन् ।
बस्नेतले स्थानीयवासीको समस्यालाई संवैधानिक तवरले न्याय दिएरमात्र नहुने भन्दै सम्बन्धीत पिडितले न्याय पाएको अनुभुती भए मात्र न्याय हुने बताउँदै विकासमा समस्या आए कुनै पनि समय वार्ता तथा छलफल गर्न र गराउन आफु तयार रहेको जनाए ।
भक्तपुरमा सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, पर्यटन लगायतका विकास निर्माणका कार्यहरु जनताको चाहना र आवश्यकता अनुसार व्यवस्थित ढंगले अघि बढिरहेको जानकारी उनले दिए ।
उनले भक्तपुरमा रहेको केही सार्वजनिक सम्पत्ति व्यक्तिले आफ्नो नाममा लगेको तर त्यसलाई अदालतले पुनः फिर्ता दिलाउने कार्य भएको र बाँकी अन्य त्यस्ता प्रकारका कार्यलाई समेत तत्कालै कानुनी उपचार गरिने दावी गरे ।
उनले कुनै पनि नेपाली नागरिकले देशको कुनै पनि ठाउँमा जग्गा जमिन खरिद विक्रि गर्ने कानुनी अधिकार भएको बताउँदै नेपाली नागरिकले देशको कुनै पनि ठाउँमा व्यापार व्यवसाय गर्न रोक लगाउने प्रयास गर्नु लोकतन्त्रमा संक्रिणताको सोच भएको समेत बताए ।
प्रतिक्रिया