प्रहरी महानिरीक्षक खनाल लागे अमेरिका

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
प्रहरी महानिरीक्षक खनाल लागे अमेरिका

सारांश

  • काठमाडौं, ४ असार – अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आयोजना हुने २ दिने संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको द्धितीय सम्मेलनमा भाग लिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिका गएका छन् ।
  • प्रहरी महानिरीक्षक खनाललाई प्रहरी अतिरिक्त महानिरीक्षक दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाइ गरेका थिए ।
  • असार ६ र ७ मा हुने सम्मेलनमा विश्व शान्ति तथा सुरक्षामा देखिएका चुनौतीहरूको रोकथाममा सदस्य राष्ट्रका प्रहरीहरू बीच सहकार्य बृद्दि गर्ने, राष्ट्रहरूबीच सुरक्षामा देखिने चुनौती तथा खतराविरुद्द संयुक्त राष्ट्र संघ तथा कानुन कार्यान्वयन गर्ने निकायबीच आपसी समन्वय बढाउने विषयमा छलफल हुनेछन् ।

काठमाडौं, ४ असार – अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आयोजना हुने २ दिने संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको द्धितीय सम्मेलनमा भाग लिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिका गएका छन् ।

प्रहरी महानिरीक्षक खनाललाई प्रहरी अतिरिक्त महानिरीक्षक दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाइ गरेका थिए ।

असार ६ र ७ मा हुने सम्मेलनमा विश्व शान्ति तथा सुरक्षामा देखिएका चुनौतीहरूको रोकथाममा सदस्य राष्ट्रका प्रहरीहरू बीच सहकार्य बृद्दि गर्ने, राष्ट्रहरूबीच सुरक्षामा देखिने चुनौती तथा खतराविरुद्द संयुक्त राष्ट्र संघ तथा कानुन कार्यान्वयन गर्ने निकायबीच आपसी समन्वय बढाउने विषयमा छलफल हुनेछन् ।

संयुक्त राष्ट्र संघीय मिसनमा खटिई हासिल गरेका ज्ञान तथा सीपलाई आफ्नो कार्यक्षेत्रमा सर्वोत्तम उपयोग गर्ने र प्रहरीको क्षमता तथा योग्यता बृद्दि गरी थप प्रभावकारिता ल्याउने लगायतका बिषयमा विस्तृत छलफल हुनेछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kalpana Kalpana

    Suva yatra hajur

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?