ओलीको घरमै घुस्यो गाई, स्थिति साम्य पार्न नेता कार्यकर्तालाई भ्याईनभ्याई !

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
ओलीको घरमै घुस्यो गाई, स्थिति साम्य पार्न नेता कार्यकर्तालाई भ्याईनभ्याई !

सारांश

  • झापा, १७ असार ।
  • नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको गृहनगरमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले एमालेलाई कडा टक्कर दिएको छ ।
  • सुरुवाती मतगणनामा गाई चुनाव चिन्ह भएको राप्रपा १५ मतले मात्र एमालेभन्दा पछाडि छ।

झापा, १७ असार । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको गृहनगरमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले एमालेलाई कडा टक्कर दिएको छ ।

सुरुवाती मतगणनामा गाई चुनाव चिन्ह भएको राप्रपा १५ मतले मात्र एमालेभन्दा पछाडि छ। वडा नम्बर १ मा विवाद भएपछि सुरु भएको वडा नम्बर २ को मतगणनामा सूर्य चुनाव चिन्ह भएको एमालेले ७ सय ३८ मत प्राप्त गरेको छ भने गाईको ७ सय २३ मत छ।

नेपाली कांग्रेसको रुखले ३ सय ८५ मत ल्याएको छ। नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हसिँया हतौडामा ४ सय ३५ मत छ। अहिलेसम्म रुख सबैभन्दा पछाडि छ।

(https://swagatgrocery.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?