काठमाडौँको धुलो यसरी गायब पार्दैछ सरकार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
काठमाडौँको धुलो यसरी गायब पार्दैछ सरकार

सारांश

  • राजधानी काठमाडौँ भन्ने बित्तिकै यहाँको धुँवाधुलो, खाल्डाखुल्डी र लामो समयदेखि निर्माणको पर्खाइमा बसिरहेका अस्तव्यस्त सडक सबैको मस्तिष्कमा आउँछ ।
  • पैदलयात्री, साइकल वा मोटरसाइकल चलाउनेले त धुँवाधुलाका कारण भोगेको सास्तीको त बयान गरिसाध्य छैन ।
  • तर केही दिनयता भने पक्कै पनि तपाई हामीले महशुष गर्दै आइरहेकै होला अहिले राजधानी काठमाडौँमा धुलो हराएर गएजस्तै भएको छ ।

राजधानी काठमाडौँ भन्ने बित्तिकै यहाँको धुँवाधुलो, खाल्डाखुल्डी र लामो समयदेखि निर्माणको पर्खाइमा बसिरहेका अस्तव्यस्त सडक सबैको मस्तिष्कमा आउँछ । पैदलयात्री, साइकल वा मोटरसाइकल चलाउनेले त धुँवाधुलाका कारण भोगेको सास्तीको त बयान गरिसाध्य छैन ।

तर केही दिनयता भने पक्कै पनि तपाई हामीले महशुष गर्दै आइरहेकै होला अहिले राजधानी काठमाडौँमा धुलो हराएर गएजस्तै भएको छ । काठमाडौँको धुलो नियन्त्रणका लागि अहिले सरकार निकै लागि परेको छ । महानगरपालिकाले राजधानीका धेरै धुलो उड्ने स्थानहरुमा ब्रुमरको प्रयोग गर्दै धुलो नियन्त्रण गरिरहेको दृश्य अहिले बल्खु, त्रिपुरेश्वर, चक्रपथ, बानेश्वर लगायतका स्थानमा देख्न सकिन्छ ।

चिसो मौसममा धुलोका कारण सर्वसाधारणको स्वास्थ्यमा गम्भिर असर गर्ने भएकाले सडक पखाल्ने र ब्रुमरमार्फत धुलो तान्ने काम भइरहेको महानगरपालिकाको भनाई छ ।

सडक विभागले ३ वटा ब्रुमरको प्रयोगले ३ चरणमा धुलो नियन्त्रण गरिरहेको छ । पहिलो चरणमा ठूलो ब्रुमर प्रयोग गरेर ठूलाखालका फोहोर संकलन गरिन्छ । त्यसपछि ट्रक ब्रुमरको प्रयोगले बाँकी धुलो उठाइन्छ । अन्त्यमा सुपर मसिन प्रयोग गरी सुक्ष्म र कुनाकाप्चामा रहेका धुलो संकलन गरिन्छ ।

दैनिक ३ घण्टाको दरले काठमाडौँका सडक सफा गर्न १५ जना कर्मचारी परिचालन गरिएका छन् । १ घण्टामा अहिले करिब १ किलोमीटर सडकको धुलो ब्रुमरको सहयोगले उठाउने काम भइरहेको छ । ब्रुमर प्रयोग गर्दा सार्वजनिक सवारी आवगमन अवरोध नपुगोस् भनेर विशेष सावधानी अपनाइएको छ ।

काठमाडौँ भित्र धुलो भित्राउने मुख्य कारण कलंकी नागढुंगाको धुलाम्मे र हिलाम्मे सडकलाई मानिन्छ । सडक विभागले त्यहाँको सडकखण्डको निर्माणलाई तिव्रता दिएर धुलो नियन्त्रण चाँडै गर्न मद्दत गरिरहेको छ । यता, मेलम्चीको पानीको पाइप राख्ने कार्य पनि तिव्रताका साथ भइरहेको छ । त्यस्तै धुलो नियन्त्रणकै लागि खाल्डाखुल्डी सडक पुर्ने काम पनि उत्तिकै तदरुकताका साथ भइरहेको सडक विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार प्रशासनलाई चुस्त बनाउन चेम्बरको माग
भन्सार प्रशासनलाई चुस्त बनाउन चेम्बरको माग
यसकारण भए प्रधानमन्त्रीसंग कञ्चनपुरबासी रुष्ट !
यसकारण भए प्रधानमन्त्रीसंग कञ्चनपुरबासी रुष्ट !
संसदीय सुनुवाई कर्मकाण्ड : सर्वोच्चले पायो ५ जना न्यायाधीश
संसदीय सुनुवाई कर्मकाण्ड : सर्वोच्चले पायो ५ जना न्यायाधीश
ज्ञानको विकास र बिस्तार नेपालबाटै भएको हो : अध्यक्ष ओली
ज्ञानको विकास र बिस्तार नेपालबाटै भएको हो : अध्यक्ष ओली
बन्दुकधारीद्वारा अमेरिकामा  एक नेपालीको हत्या
बन्दुकधारीद्वारा अमेरिकामा एक नेपालीको हत्या
सिके राउतले पार्टी दर्ताका लागि निवेदन दिदा किन मधेशवादी दललाई ज्वरो आयो ?
सिके राउतले पार्टी दर्ताका लागि निवेदन दिदा किन मधेशवादी दललाई ज्वरो आयो ?
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
विदेशी मुद्रको विनिमय दर: कतिमा हुँदै छ करोबार?
विदेशी मुद्रको विनिमय दर: कतिमा हुँदै छ करोबार?
व्यापार यद्धले कसैलाई राम्रो गर्दैन, फ्रान्सेली अर्थमन्त्री ब्रुनो
व्यापार यद्धले कसैलाई राम्रो गर्दैन, फ्रान्सेली अर्थमन्त्री ब्रुनो
‘शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर’
‘शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर’

तपाईंले छुटाउनुभयो कि?