कम्युनिष्टको आँधीहुरीले केही हाँगा भाँच्चिदैमा काँग्रेस मर्दैन : प्रवक्ता शर्मा
सारांश
- काठमाडौँ, २० जेठ- नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्टको आँधीहुरीले केही हाँगा भाँच्चिदैमा काँग्रेस नमर्ने दाबी गरेका छन् ।
- उनले यो काँग्रेसका लागि सुध्रिने सुनौलो अवसर आएको बताएका छन् ।
- नेपाल शिक्षक संघको २९ औँ वैठकमा बोल्दै शर्माले प्रतिपक्षमा बसेर बिग्रेको काँग्रेस सुधार्ने सबैभन्दा राम्रो अवसर रहेको बताएका हुन् ।
काठमाडौँ, २० जेठ- नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्टको आँधीहुरीले केही हाँगा भाँच्चिदैमा काँग्रेस नमर्ने दाबी गरेका छन् । उनले यो काँग्रेसका लागि सुध्रिने सुनौलो अवसर आएको बताएका छन् । नेपाल शिक्षक संघको २९ औँ वैठकमा बोल्दै शर्माले प्रतिपक्षमा बसेर बिग्रेको काँग्रेस सुधार्ने सबैभन्दा राम्रो अवसर रहेको बताएका हुन् ।
एकपटक चुनाव हार्दैमा नआत्तिन काँग्रेस कार्यकर्ताहरूलाई आग्रह गर्दै शर्माले “पात झर्दैमा रुख सुक्दैन, नआत्तिनुस, लोकप्रियताका लागि कम्युनिष्टहरूले नारा मात्रै बेचेका हुन्, उनीहरूको नारा लगाउनु र काम गर्नुको अन्तर अब थाहा पाउँछौँ” शर्माले भने ।
मदन भण्डारीको जनताको बहुदलीय जनवाद आत्मसात गरेको नेकपा एमालेले भण्डारीको निधन भएको २५ वर्षपछि उहाँको विचारलाई समेत मारेको आरोप शर्माको छ ।
अहिले कम्युनिष्टको आँधीहूरी आएको भन्दै शर्माले केही हाँगा भाँच्चिदैमा काँग्रेस नमर्ने उनको तर्क छ । काँगे्रस कार्यकर्तालाई रुखको जरा बनेर अडिग रहन उहाँले आग्रह समेत गरे ।
Shankar Shankar
सहि कुरा हो ,अरु लाई दोस लाउनु भन्दा आफ्नो कमजोरी पत्ता लाउनु राम्रो हुन्छ
Ram Rungmahang Rai
jara sukyo bhane khatam hunchh
Jiblal Bista
Rukh utaano pareko tha xaina
Birendra Dhoj Shrestha
NC KO NAYA PIDI PANI KAAM CHAINA ….
Tanka Giri
गगन र बिश्वप्रकाश लाई हेरेर नेपाली जनताले २३ सिट दिएकाहुन अब तिमिहरुले पनि असलिरुप देखाउदैछौ अर्को पटक त्यो २३ सिट पनि हराउछ जस्तो छ
Khadga Prasad Acharya
जरा उखाल्दैछ अहिले त हागा मात्रै हो हेर्दै जाउ अब यो देसमा कालो काङ्ग्रेस मटियामेट आबस्यक छ??
Buddhipd Rai
हा हा हा
भाइ कंग्रेस कमाउनिष्ट दललाई किन कम्युनिष्ट भनेका होला हँ???
विश्वप्रकाश शर्माजी?प्रवृत्ति र संस्कार उही दाइ कंग्रेसकै हो तर पात्र मात्र फरक हो भनी भनी चेतना राखेस्स्सस!!!!
Purushottam Munankami
Deupa ko dalal ho yo
Chandika Dahal
आफूहरू बुध्दी नपुराउने कम्युनिष्टको आंधिलाई दोष दिने? कम्युनिष्टको आधी त नेपालमा अब सधैं आउछ , बच्न सक्नु प-यो नि !
Deepak Gautam
तेत्रो पेट्रोलको भाउ बढाउदा प्रतिपक्षको भुमिका खेल्ने काङ्ग्रेस रातमा त सुत्यो तर दिनमा पनि सुतिरहेको छ यो दिनको सुताइले अर्को चुनाबम के हालत होला
Nawin Budha
Pagal jasto nagarnus yasto baudik maxe.