कैलालीमा माओवादी उम्मेदवारको घरमा बम विस्फोट.

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ९, २०७४
|
|
१८ पटक हेरिएको
Shares
कैलालीमा माओवादी उम्मेदवारको घरमा बम विस्फोट.

सारांश

  • ९ असार, कैलाली ।
  • जिल्लाको गोदावरी नगरपालिकाका माओवादी मेयर उम्मेदवार गोकर्ण भट्टको घरमा शुक्रबार बिहान बम विस्फोट भएको छ ।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बास बसेको घरबाट १ किलोमिटरको दूरीमा रहेको भट्को घरमा शुक्रबार बिहान २ः४५ बजे सुतली बम बिस्फोट भएको हो ।

९ असार, कैलाली । जिल्लाको गोदावरी नगरपालिकाका माओवादी मेयर उम्मेदवार गोकर्ण भट्टको घरमा शुक्रबार बिहान बम विस्फोट भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बास बसेको घरबाट १ किलोमिटरको दूरीमा रहेको भट्को घरमा शुक्रबार बिहान २ः४५ बजे सुतली बम बिस्फोट भएको हो ।

प्रचण्ड बिहीबार बेलुका माओवादी केन्द्रका नेता लेखराज भट्टको गोदावरी नगरपालिकास्थित घरमा बास बसेका थिए ।
मेयर उम्मेदवार भट्ट माओवादी केन्द्रका नेता लेखराजका भाइसमेत हुन् ।बिस्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने नभएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

बम कसले विस्फोट गरायो भन्नेबारे केही खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

बम विस्फोटपछि प्रहरीले यो क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?