गजल : अछुत भेट्टायौ…
सारांश
- मान्छे मान्छे बिचमा छुत अछुत भेट्टायौ !
- को ठुलो, को सानो ?
- के सबुत भेट्टायौ ?
मान्छे मान्छे बिचमा छुत अछुत भेट्टायौ !
को ठुलो, को सानो ? के सबुत भेट्टायौ ??
रगत चल्छ श्रम चल्छ पानी चल्दैन रे !
उ निच हो भन्ने कुन कर्तुत भेट्टायौ ?
मानिस ठुलो दिलले हुन्छ भन्छन् देवकोटा,
मानवतामा छुवाछूत बहुत भेट्टायौ !
छर्किँदैमा सुनपानीले शुद्ध भईँदैन,
अशुद्धलाई नर्क लाने यमदूत भेट्टायौ ?
मन्दिरको त्यो मुर्तिमा झुक्छ शिर सबको,
त्यही मुर्ति बनाउने चाहिँ कपूत भेट्टायौ ?
– मोहन अभिलाषी !

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया