घरटहरा नभत्काउँदा काममा अवरोध

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १८, २०७४
|
|
३२ पटक हेरिएको
Shares
घरटहरा नभत्काउँदा काममा अवरोध

सारांश

  • ललितपुर, १८ चैत, निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घरटहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ ।
  • सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घरटहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनियर नीरञ्जन शर्मा अर्यालले बताउनुभयो ।
  • उहाँले भन्नुभयो, “हामीले सम्बन्धित व्यक्तिलाई पटकपटक भने पनि अटेर गरिरहेका छन् ।

ललितपुर, १८ चैत, निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घरटहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ ।

सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घरटहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनियर नीरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सम्बन्धित व्यक्तिलाई पटकपटक भने पनि अटेर गरिरहेका छन् ।” चिनियाँ कम्पनी संघाइ निर्माण सेवा समूहले निर्माणको जिम्मवारी लिएकामा योजनाले समन्वयको काम गरिरहेको छ ।

यो सडक खण्डमा धेरै काम सकिँदासमेत यी घरटहरा भत्काउन बाँकी ठाउँमा लामो समयदेखि काम रोकिरहेको हो । यससँगै पाइप लाइन, विद्युत्का पोललगायतका कारणले गर्दा काममा ढिलाइ हुने गरेको छ । सडकमा बिच्छ्याइएका मेलम्ची आयोजना र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समयसमयमा सडक निर्माणले गर्दा फुट्ने गरेको छ । उहाँ भन्नुहुन्छ, “सम्बन्धित निकायले सहयोग गरिदिए काम गर्न सजिलो हुन्थ्यो ।”

मुख्य सडक चार लेनभन्दा बाहिर दुवैतिर दुई÷दुई लेनको सहायक लेन र त्यो बाहिर एक÷एक लेनको सर्भिस ट्र्याक बन्दैछ । सर्भिस ट्र्याक हुँदै सवारी साधन सहायक लेनमा छिर्न सक्छन् । सडकको जम्मा लागत रु एक अर्ब नेपाली रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरपालिका परिसरमै मेयरका सुरक्षागार्डले सेवाग्राहीलाई पिटे !
नगरपालिका परिसरमै मेयरका सुरक्षागार्डले सेवाग्राहीलाई पिटे !
अर्जुन रामपाललाई अविबाहित प्रेमिकाबाट दोस्रो सन्तान प्राप्त हुदैँ
अर्जुन रामपाललाई अविबाहित प्रेमिकाबाट दोस्रो सन्तान प्राप्त हुदैँ
साढे नौ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्
साढे नौ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कांग्रेसको रूपान्तरण अभियानले बुझायो प्रतिवेदन
कांग्रेसको रूपान्तरण अभियानले बुझायो प्रतिवेदन
भारतमा फेरि अर्को बाबा काण्ड, बाबाजीको अश्लिल भिडियो सार्वजनिक
भारतमा फेरि अर्को बाबा काण्ड, बाबाजीको अश्लिल भिडियो सार्वजनिक
नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व स् मुख्यमन्त्री राई
सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व स् मुख्यमन्त्री राई
पाँचथरमा कांग्रेसका आङ्देम्बे र एमालेका नेम्बाङबीच मुख्य प्रतिस्पर्धा
पाँचथरमा कांग्रेसका आङ्देम्बे र एमालेका नेम्बाङबीच मुख्य प्रतिस्पर्धा

तपाईंले छुटाउनुभयो कि?