सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व स् मुख्यमन्त्री राई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २७, २०७६
|
|
३७ पटक हेरिएको
Shares
सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व स् मुख्यमन्त्री राई

सारांश

  • काठमाडौं, २७ बैशाख ।
  • महिला विरुद्धको हिंसा जर्जररुपमा अगाडि बढिरहेकाले यसको रोकथाम एवं नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो रहेको सहभागीले बताएका छन् ।
  • सुन्दर र सभ्य समाज निर्माण गर्न महिलालाई सम्मान दिनुको विकल्प नरहेको सहभागीले बताउँदै महिलामाथि हुने हिंसात्मक घटनाले समाज सुरक्षित हुन नसक्ने तर्फ सबैको ध्यान जानु जरुरी रहेको उहाँहरुको धारणा छ ।

काठमाडौं, २७ बैशाख । महिला विरुद्धको हिंसा जर्जररुपमा अगाडि बढिरहेकाले यसको रोकथाम एवं नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो रहेको सहभागीले बताएका छन् ।सुन्दर र सभ्य समाज निर्माण गर्न महिलालाई सम्मान दिनुको विकल्प नरहेको सहभागीले बताउँदै महिलामाथि हुने हिंसात्मक घटनाले समाज सुरक्षित हुन नसक्ने तर्फ सबैको ध्यान जानु जरुरी रहेको उहाँहरुको धारणा छ ।‘सबैका लागि घर घरमा मानव अधिकारः शान्ति र विकासको आधार’ प्रमुख नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित ‘महिला हिंसा न्यूनीकरण मानवअधिकार संरक्षण एवं सुरक्षाः नेपाल प्रहरीको जवाफदेहिता’ विषयक “राष्ट्रिय अभियान” कार्यक्रममा उहाँहरुले उक्त धारणा राख्नु भएको हो ।
सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अपराध र हिंसाबाट समाजलाई मुक्त गरी सभ्य र सुरक्षित समाज निर्माण गर्न सबैको दायित्व हो भन्नुभयो । मुख्यमन्त्री राईले एउटा निश्चित उद्देश्य र लक्ष्य पूरा गर्न राज्य अघि बढिरहेको अवस्थामा सबैको सम्मान हुनुपर्छ भन्दै सरकारले सुरक्षा र सुशासनलाई विशेष जोड दिएको चर्चा गर्नुभयो ।उहाँले प्रदेशको सुरक्षालाई बलियो र सुदृढ बनाउन सरकारले धेरै सवारी साधन उपलब्ध गराएको जानकारी दिँदै हिंसामा परेकालाई समाजमा पुनःस्थापित गराउन प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा पुनःस्थापना केन्द्र स्थापना गर्ने जानकारी दिनुभयो ।

प्रदेश नं–१ का उपसभामुख सरस्वती पोखरेलले महिलालाई उच्च सम्मान दिनुपर्ने समाजमा महिला हिंसा, बलात्कार र शोषणका घटना बढ्नु दुःख लागेको बताउनुभयो ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि महिलाले पीडित बन्न नपरोस् भन्ने हेतुले नेपाल प्रहरी कार्यरत क्षेत्रमा निकै संवेदनशील छ भन्नुहुँदै अपराधका घटना बढ्नु, यौनजन्य, शोषण र बलात्कार घटना हुनुमा समाजको परिवेशले पनि चित्रण गर्छ भन्नुभयो । उहाँले कुनै पनि अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले काठमाडौँमा रु पाँच करोड ८१ लाख लागतमा सिसी क्यामेरा जडान गर्न लागको जानकारी दिँदै समाजलाई सुरक्षित पार्न यस्ता उपकरण सहयोगी रहेको चर्चा गर्नुभयो ।उहाँले बुटबल, सुर्खेत र चितवनमा खुल्ला कारागार निर्माण गर्ने अवधारणा ल्याएको स्पष्ट पार्दै कानूनको अज्ञानतालाई कम गर्न ल्याएको अभियान अहिले एक लाख ९० हजार जनतामा पुगेका र भविष्यमा ६० लाख जनता माझमा पुग्ने जानकारी दिनुभयो ।

आयोगका सदस्य मोहना अन्सारीले मानिसले आफ्नो सोचमा परिवर्तन ल्याउनुपर्छ अनि मात्र समाजमा महिला सुरक्षित रहन्छन् भन्नुभयो ।प्रदेशका प्रमुख न्यायधिवक्ता चुडामणि आचार्यले समाजलाई सबै क्षेत्रबाट सुरक्षित पार्न सचेतना र चेतनामूलक कार्यक्रम सञ्चालन हुनुपर्छ भन्नुभयो ।आयोगका विराटनगर कार्यालय निर्देशक मोहनदेव जोशीले प्रदेश नं।१ अन्तर्गतका १४ जिल्लामा बलात्कार, महिला हिंसा र शोषण, बालविवाह, बेचविखन जस्ता घटनाका बारेमा जानकारी दिनुभएको थियो ।कार्यक्रममा महिला हिंसामा पीडित चारजना महिलाले गोप्य स्थानबाट आफूले भोगेका समस्या कार्यक्रममा टेलिफोनकोमार्फत आउने आवाजलाई म्याकमा राखेर सबैलाई सुनाउँदा धेरै मानिस मलिन भएका थिए । आफ्ना चितकार सुनिरहेका मानिसले यस्तो दुःख दिने र हिंसामा पारेर अरुलाई सताउने मानिसलाई कानूनले कडा भन्दा कडा कारवाही हुनुपर्ने भनिरहेका थिए भने प्रहरी महानिरीक्षक खनाले आफ्ना प्रहरीलाई यस्तो घटनाबाट पीडित भएकालाई सहयोग गर्न निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ दिल्लीमा आरजु राणा
नयाँ दिल्लीमा आरजु राणा
संविधानको कार्यान्वयनमा तीनवटै तहको सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे
संविधानको कार्यान्वयनमा तीनवटै तहको सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे
टिप्परको ठक्करले एकजनाको ज्यान गएपछि आक्रोशित स्थानीयले गरे आगजनी (फोटो)
टिप्परको ठक्करले एकजनाको ज्यान गएपछि आक्रोशित स्थानीयले गरे आगजनी (फोटो)
Dating Sites For Marital relationship
चुनावमा भ्रष्टाचार! दाताले दिएका ९ सय ल्यापटप किनेको बिलदेखि-५० मिटरको २ हजार ट्याक्सी भाडासम्म
पप्पु कन्स्ट्रक्सनले समयमा पुल नसक्दा ज्यान गयो
पप्पु कन्स्ट्रक्सनले समयमा पुल नसक्दा ज्यान गयो
किसानले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाउँदा आर्थिक सङ्कट
किसानले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाउँदा आर्थिक सङ्कट
विद्युतीय बस सञ्चालनका लागि प्रदेश सरकारसँग समन्वय गरिने
विद्युतीय बस सञ्चालनका लागि प्रदेश सरकारसँग समन्वय गरिने
विश्वकप फुटबल २०१८:  रगतपछिको हाँसाे र बुइ चढेका मेस्सी
विश्वकप फुटबल २०१८: रगतपछिको हाँसाे र बुइ चढेका मेस्सी
प्रधानमन्त्री ओलीका कुरा सुन्दा हाँसो उठ्छ, काम देख्दा रुन मन लाग्छ : रामहरि खतिवडा
प्रधानमन्त्री ओलीका कुरा सुन्दा हाँसो उठ्छ, काम देख्दा रुन मन लाग्छ : रामहरि खतिवडा