चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटमाथी सर्वोच्च अदालतमा सुनुवाई सुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
२० पटक हेरिएको
Shares
चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटमाथी सर्वोच्च अदालतमा सुनुवाई सुरु

सारांश

  • आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटमाथी सर्वोच्च अदालतमा आज पनि सुनुवाई भइरहेको छ ।
  • न्यायाधीश चोलेन्द्र शमसेर जबरा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा सुनुवाई सुरु भएको हो ।
  • बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट बहस गरेका कानुन व्यवसायी नरेन्द्र पाठक लगायतले शर्मालाई अनुसन्धानका लागि थुनामा राख्नु कानुनसम्मत् भएको तर्क गरेका थिए ।

आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटमाथी सर्वोच्च अदालतमा आज पनि सुनुवाई भइरहेको छ । न्यायाधीश चोलेन्द्र शमसेर जबरा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा सुनुवाई सुरु भएको हो ।

बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट बहस गरेका कानुन व्यवसायी नरेन्द्र पाठक लगायतले शर्मालाई अनुसन्धानका लागि थुनामा राख्नु कानुनसम्मत् भएको तर्क गरेका थिए । यस्तै  रिट निवेदकका पक्षका तर्फबाट भएको बहसमा वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्की, अधिवक्ताहरु भिमार्जुन आचार्य, शेरबहादुर केसी, ललित बस्नेत लगायतले अख्तियारले आफ्नो क्षेत्राधिकार मिचेर अनुसन्धान गरेको बताएका थिए ।

हिजो मुद्धाको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै श्रीमती कल्पना उप्रेतीले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

(primedentistry.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?