चुनावी सरगर्मीः ठूला नेता आउने क्रम वृद्धि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ६, २०७४
|
|
५९ पटक हेरिएको
Shares
चुनावी सरगर्मीः ठूला नेता आउने क्रम वृद्धि

सारांश

  • बनियानी (झापा), ६ असार ।
  • आसन्न स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन ठूला दलका नेता झापा आउने क्रम बढेको छ ।
  • नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाका ठूला नेता आफ्नो उम्मेदवारका पक्षमा जित दर्ज गराउन जिल्ला आउने क्रम बढेको हो ।

बनियानी (झापा), ६ असार । आसन्न स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन ठूला दलका नेता झापा आउने क्रम बढेको छ ।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाका ठूला नेता आफ्नो उम्मेदवारका पक्षमा जित दर्ज गराउन जिल्ला आउने क्रम बढेको हो । इलाम, पाँचथर र ताप्लेजुङ जानका लागि हवाइमार्गबाट झापा पहिला आउनुपर्ने भएकाले प्रायः दलका नेताहरु यहाँ आएर एक दुई कार्यक्रममा सहभागी हुने गरेका छन् ।

चुनावी अभियानकै क्रममा केही दिनअघि झापा आउनुभएका काँग्रेस युवा नेता गगनकुमार थापाले काँकरभिट्टा, धुलाबारीलगायत स्थानमा पार्टीले आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्नुभएको थियो । चुनावी अभियानकै क्रममा उहाँ पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा जानुभएको छ ।

त्यस्तै तीन दिनअघि काँग्रेस नेता डा रामशरण महत काँकरभिट्टा र शनिश्चरेको चुनावी गतिविधिमा सहभागी हुनुभएको थियो । झापा धुलाबारीका काँग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा जिल्ला दौडाहामा व्यस्त हुनुहुन्छ । उहाँ १५ वटै स्थानीय तहको चुनावी प्रचार अभियानमा जुट्नुभएको छ । काँग्रेस झापा सभापति उद्धव थापाले उम्मेदवारको मनोबल बढाउन अन्य शीर्ष  नेताजिल्ला आउने बताउनुभयो ।

सोमबार मात्र काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले काँग्रेस बिर्तामोडमा कार्यकर्तासँग भेटघाट गर्दै परिणाम आफ्नो पक्षमा पार्न दिलोज्यान दिएर लाग्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नरैनापुर अपडेटः पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि
नरैनापुर अपडेटः पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि
आयोगद्धारा आज बन्दसूचीको सूचना प्रकाशन गर्ने तयारी
मोडलिङ भन्दै युवतीलाई ’तान्त्रिक पूजा’मा पुर्‍याउने प्रयास असफल
मोडलिङ भन्दै युवतीलाई ’तान्त्रिक पूजा’मा पुर्‍याउने प्रयास असफल
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
टयांकरमा इन्धन खाली हुदाँ प्रधानमन्त्री पोखरामा विमानस्थलमा १ घण्टा रोकिए
टयांकरमा इन्धन खाली हुदाँ प्रधानमन्त्री पोखरामा विमानस्थलमा १ घण्टा रोकिए
बर्खास्त गोपालबहादुर खड्का  नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा पुनर्बहाल,
बर्खास्त गोपालबहादुर खड्का नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा पुनर्बहाल,
महरा प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान, घटनास्थलबाट रक्सीको बोतल, कपडा लगायतका सामग्री बरामद
फैसला कार्यान्वयनका सम्बन्धमा विशेष संयन्त्र बनाउनुपर्ने
फैसला कार्यान्वयनका सम्बन्धमा विशेष संयन्त्र बनाउनुपर्ने
वडा सदस्यलाई पनि तलब माग
वडा सदस्यलाई पनि तलब माग
पर्यटन प्रवर्द्धनका लागि हाफ म्याराथन
पर्यटन प्रवर्द्धनका लागि हाफ म्याराथन