महरा प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान, घटनास्थलबाट रक्सीको बोतल, कपडा लगायतका सामग्री बरामद
सारांश
- जबरजस्ती करणीको आरोप लागेपछि सभामुख पदबाट राजिनामा दिएका कृष्णबहादुर महरा प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
- महरामाथि आरोप लगाउने महिलाको घरबाट प्रहरीले रक्सीको बोतल, कपडा, चस्मा लगायतका सबुत संकलन गरेको प्रहरीले जनाएको छ ।
- प्रहरीले सीसी टीभी फुटेज संकलन गरेर समेत अनुसन्धान गर्ने भएको छ ।
जबरजस्ती करणीको आरोप लागेपछि सभामुख पदबाट राजिनामा दिएका कृष्णबहादुर महरा प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । महरामाथि आरोप लगाउने महिलाको घरबाट प्रहरीले रक्सीको बोतल, कपडा, चस्मा लगायतका सबुत संकलन गरेको प्रहरीले जनाएको छ । प्रहरीले सीसी टीभी फुटेज संकलन गरेर समेत अनुसन्धान गर्ने भएको छ । आफ्नै सचिवालयको कर्मचारीले बलात्कारको आरोप लगाएपछि महराले आज दिउँसो राजिनामा दिएका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया