जन्मबार अनुसार आफ्नो स्वोभाव जान्नुहोस् !
सारांश
- ज्योतीषशास्त्रले तपाईंको जन्मबार अनुसार तपाईंको स्वभाव कस्तो हुन्छ त्यसको वर्णन गरेको छ ।
- यदि तपाईं कसैको स्वभाव जान्न चाहानुहुन्छ भने तपाईंलाई यसले सहयोग गर्नेछ ।
- कुन बार जन्मिएका व्यक्ति कस्ता हुन्छन् त ?
ज्योतीषशास्त्रले तपाईंको जन्मबार अनुसार तपाईंको स्वभाव कस्तो हुन्छ त्यसको वर्णन गरेको छ । यदि तपाईं कसैको स्वभाव जान्न चाहानुहुन्छ भने तपाईंलाई यसले सहयोग गर्नेछ । कुन बार जन्मिएका व्यक्ति कस्ता हुन्छन् त ? तल पढ्नुहोस् ।
आइतबार
आइतबार जन्मिएका व्यक्ति कम बाल्ने, धर्ममा रुची राख्ने र भाग्यमानी हुन्छन् ।यिनीहरु सबैलाई खुसी बनाउन प्रयत्न गर्छन् र फलस्वरुप सबैबाट मानसम्मान पाउँछन् । यिनीहरुको आयु लामो हुन्छ ।
सोमबार
सोमबार जन्मिएका व्यक्ति मिहिनेती, ज्ञानी र बहादुर हुन्छन् । यिनीहरु मिष्ठभाषी हुन्छन् । यिनिहरु भोगी हुन्छन् ।
मंगलबार
मंगलबार जन्मिएका व्यक्ति साहसी र बहादुर हुन्छन् । यिनीहरु चाँडैनै उत्तेजित भैहाल्ने खालका हुन्छन् जसले गर्दा समय समयमा विवादमा परीरहन्छन् र तनाव महसुस गरीरहन्छन् । यिनीहरुमा रचनात्मक गुण हुन्छ ।
बुधबार
बुधबार जन्मिएका व्यक्ति बहुमुखी प्रतिभाको धनी हुन्छन् । यिनीहरु बुद्धिमान हुन्छन् र मीठो बोली भएका हुन्छन् । यिनीहरु धर्मकर्ममा रुची राख्ने खालका हुन्छन् ।
बिहिबार
बिहिबार जन्मिएका व्यक्ति निडर, बुद्धिमान र भाग्यमानी हुन्छन् । यिनीहरुमा असाधारण व्यक्तित्व हुन्छ । यिनीहरुको जीवनमा मित्रताको विशेष स्थान हुन्छ र यिनीहरु खुसी रहन मन पराउँछन् ।
शुक्रबार
शुक्रबार जन्मिएका व्यक्ति सहनशिल र बुद्धिमान हुन्छन् । यिनीहरु आफ्नो निर्णयमा अडिग हुन्छन् र अप्ठ्यारो परिस्थितिको डटेर सामना गर्छन् । यिनीहरुले जीवनमा मानसम्मान समेत पाउँछन् ।
शनिबार
शनिबार जन्मिएका व्यक्ति परिवारमा सुख दिन रुचाउने र जोखिम बहन गर्न डराउने हुन्छन् । यिनीहरु अरुको रिस गर्ने खालका हुन्छन् । यिनीहरु तनाव लिगिरहने खालका हुन्छन् । यिनीहरु टेकनिकल फिल्डमा रुची राख्छन् ।
प्रतिक्रिया