कांग्रेसमा आधा दर्जन गुट, दर्जन उपगुट
सारांश
- काठमाडौं, १० माघ- मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस स्वार्थ केन्द्रित गुट र उपगुटका कारण कमजोर बन्दै गएको आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले खबर लेखेका छन् ।
- प्रतिनिधि र प्रदेशसभाका प्रत्यक्षतर्फ निर्वाचन तेस्रो स्थानमा धकेलिए पनि सुधारिने अवस्था अझै देखिएको छैन ।
- पार्टी हितको नारा दिने तर व्यक्ति र समूह केन्द्रित स्वार्थ पूरा गर्न नेताहरु सक्रिय हुँदा कांग्रेस गाउँ तहसम्म गुट, उपगुट र समुहमा विभाजित बन्न पुगेको छ ।
काठमाडौं, १० माघ- मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस स्वार्थ केन्द्रित गुट र उपगुटका कारण कमजोर बन्दै गएको आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले खबर लेखेका छन् । प्रतिनिधि र प्रदेशसभाका प्रत्यक्षतर्फ निर्वाचन तेस्रो स्थानमा धकेलिए पनि सुधारिने अवस्था अझै देखिएको छैन ।
पार्टी हितको नारा दिने तर व्यक्ति र समूह केन्द्रित स्वार्थ पूरा गर्न नेताहरु सक्रिय हुँदा कांग्रेस गाउँ तहसम्म गुट, उपगुट र समुहमा विभाजित बन्न पुगेको छ । निर्वाचनमा पार्टीको पराजयपछि १४औं महाधिवेशनमा आफ्नो उपस्थिति देखाउन दोस्रो तहका मात्र होइन युवा केन्द्रीत सदस्य र त्यसभन्दा तलका नेता पनि समुह बनाउन जुटेका छन् ।
१३औं महाधिवेशनअघिसम्म दुई गुटमा सीमित कांग्रेसभित्र अहिले गुट, उपगुट र समुहको संख्या दर्जन नजिक पुगेको छ । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले परम्परागत दुई गुटको नेतृत्व गर्दै आएका छन् भने उनीहरुभित्र पनि आधा दर्जन उपगुट र समुह सक्रिय छन् ।
प्रतिक्रिया