जयबहादुर चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १, २०७३
|
|
५३५ पटक हेरिएको
Shares
जयबहादुर चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

सारांश

  • सरकारले डीआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गरेको छ ।
  • आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चन्दलाई आएजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
  • यस्तै सशस्त्र प्रहरीको प्रमुखमा भने सिंहबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

सरकारले डीआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चन्दलाई आएजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै सशस्त्र प्रहरीको प्रमुखमा भने सिंहबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

आईजीपीका दाबेदार चार डीआईजीमा चन्द वरियता क्रममा तेस्रो नम्बरमा थिए ।

पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश अयार्ल छन् । तर, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबावमा चन्दलाई प्रहरी प्रमुख बनाइएको हो ।

सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको प्रमुखमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरी प्रमुखका लागि तीन श्रेष्ठसँगै एआईजी प्रेमबहादुर शाही र प्रकाश ओझा दाबेदार थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?