जसले मोफसलबाट आफ्नो स्थान बनाए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २३, २०७४
|
|
२० पटक हेरिएको
Shares
जसले मोफसलबाट आफ्नो स्थान बनाए

सारांश

  • आचार्य प्रदीप बुटवल ।
  • प्रदीप ढकाल नेपाली चलचित्र क्षेत्रमा चलेकै नाम हो ।
  • २०२३ सालमा दिल्लीमा जन्मेका उनी रुपन्देहीको बुटवलमा आएर चलचित्र तथा सञ्चार जगतमा लागेका हुुन् ।

आचार्य प्रदीप

बुटवल ।

प्रदीप ढकाल नेपाली चलचित्र क्षेत्रमा चलेकै नाम हो । २०२३ सालमा दिल्लीमा जन्मेका उनी रुपन्देहीको बुटवलमा आएर चलचित्र तथा सञ्चार जगतमा लागेका हुुन् । उनले दिल्ली युनिभरसिटि बाट हिन्दी माध्यमबाट मानविकि संकायबाट स्नातक गरीसकेका छन् ।

उनको वालापनको रुचि वकिल बन्ने थियो । तर उलाई ईन्जीनियर बनाउने बुबाको ईक्षा थियो । तर उनले आफ्नो र बाबुको सोच र सपनालाई पछी पार्दै कलाकारको रुपमा अगाडि आए । उनि भन्छन् –‘म मेरो र बाबुका ति दुबै सोच सपनालाई छाडेर म भारतमा हुने सबै राम लिला मा अभिनय गर्न लागँे ।’ उनले कक्षा ८ मा पढ्दा बिद्यालयमा पञ्जावी नाटक मा अभिनय गर्न सुरु गरीसकेका थिए ।

 

उनलाई अभिनय क्षेत्रमा पनि काम गर्न सक्छु भन्ने बिश्वास यस्तै नाटकले दिएको बताउँदै उनी भन्छन् –‘ मलाई सबैले फिल्मी क्षेत्रमा अभिनय गर्न सक्छस भन्ने प्रोत्साहन गर्दा मलाई चलचित्रमा अभिनय गर्ने सोच पलायो ।’ उनले स्नातक पछिको समयमा पुसा ईन्स्टीच्युट दिल्ली बाट मोटर मेकानिक कोर्ष गरेर हिरो होण्डा कम्पनीमा काम गर्न सुरु गरे । १ वर्षको समयमा त्यसको साहु संग झगडा परेर कम्पनी छाडेर हिडेका थिए । उनको सानै देखि गीत गाउने क्षेत्रमा पनि रुचि भएको हुँदा अर्केस्टाहरुमा साँझको समयमा गित गाउन थाले । उनको आवाज राम्रो भएको हँुदा कार्यक्रम सञ्चालन गर्न दिईयो । उनले त्यही कार्यक्रम सञ्चालन गर्दे, गित गाउँदै मेरो केहि समय बिताए । पछि मैले आफ्नै स्काई ब्लु अर्केस्टा सञ्चालन गरेर ७ वर्ष सञ्चालन गरे । केही समय पछि उनी स परिवार रुपन्देही नेपाल आए ।

उनीहरु बुटवलको आदर्शनगरमा बसोबास गर्न थाले । बुटवलमा नयाँ हुनु र उनको स्वरमा धेरै भारतिय टोन रहेको हुँदा उनलाई यहाँ काम गर्न निकै नै गाह््रो भयो । उनी भन्छन् –‘ मैले यहाँ आएर धेरै कामहरु खोजे, मेरो भाषा समस्याले गर्दा । मलाई मिल्ने किसिमको जागीर कतै भेटिन । एक दिन घरमा बुटवल एफएम सुनेर बसीरहेको थिए । त्यत्किैमा गित समर्पण गर्ने कार्यक्रम चलिरहेको थियो र म पनि केहि टाढा पिसियो मा गएर ३ रुपैयाँ तिरेर फोन गरेर मेरो लागी गित बजाउँ समर्पण गरे ँ।

 

मैले गाउँका सबैलाई जम्मा गरे र मेरो नाम सहितको गीत सुनाए । त्यो गित सुनेको अर्को दिन म पनि कार्यत्र सञ्चालन गर्न सक्छु भन्ने सोचका साथ एफ एम मा गए । एफएममा मा म्यानेजर माधव नेपाल, र प्रशाषकिय अधिकृत राधेस्यामराज भण्डारी हुनुहुन्थ्यो मैले उहाँहरुलाई गएर मैले हिन्दी गितको कार्यक्रम सञ्चालन गर्छू भने तपाईको भाषाले साथ दिदैन, अझै हिन्दी गितको कार्यक्रम अहिलै सञ्चालन हुँदैन । तपाईले बिज्ञापनमा काम गर्नुहोस भन्नु थयो र मैले ७ वर्ष त्यहाँ काम गर्दा एउटा कार्यक्रम नग्मोका सफर कार्यक्रम सञ्चालन गरे ।’

उनले ७ वर्ष पश्चातको समयमा एफ.एम र लुम्बिनी टेलिभजनमा विज्ञापन ल्याउने कमिसन राख्दै २ वर्ष काम गरे र टेलिभिजनमै निरन्जन कसुजले बनाएको टेलिसिरियल यो कस्तो जीवन चक्र बाट मैले अभिनयको यात्रा सुरु गरे । उनी चलचित्र क्षेत्रमा लाग्दा उनी ४२ वर्षको थिए । वुटवलको लुम्बिनी ट्लिभिजनमा निरन्जन कसुजले आफ्नो टेलिसिरियल यो कस्तो जीवन चक्र भन्ने सिरियलमा प्रहरी अफिसियरको अभिनय गर्ने मौका दिएक थिए । त्यसबाट चाहि मलाई सिरियलमा मात्र होईन, चलचित्रमा पनि खेल्छु भन्ने सोच आयो र टेलिभिजनमा त सबैले देख्न पनि सक्छन् सुन्न पनि सक्छन् भन्ने सोचले उनी चलचित्रको क्षेत्रमा लागेको बताउँछन् ।

२०६९ सालमा उनले अभिनय गरेको पहिलो चलचित्र ‘सान’ मा तराईको क्षेत्रको जमीनदारको रुपमा काम गरका थिए । उनले यो संगै जंघे चलचित्रमा फत्तेकाजीको अभिनय गरेका थिए । यसबाट नै म चर्चामा आएको थिएँ । उनलाई चलचित्रमा भिलेनको अभिनय अलि बढि गर्नु पर्ने हुदाँ पावरफुल नेगेटिभको अभिनय र कमेडि गर्न सजिलो लाग्छ र मन पनि पर्ने उनको भनाई छ।

 

उनले हाल सम्म १५ भन्दा बढि नेपाली चलचित्र, ३ वटा हिन्दि चलचित्र र एउटा अंगे्रजी चलचित्रमा अभिनय गरिसकेका छन् । उनको यो चलचित्र छिट्टै नै बजारमा आउँदै छ । तपाईलाई नेपाली चलचित्र जगतमा मन पर्ने कलाकार हरु को को नि ? यस क्षेत्रमा सबै कलाकार साथिहरु नै मन पर्छ ।

 

सबै आ–आफ्नो ठाउँमा एकदमै ठिक पनि हुनुहुन्छ । यो जगतमा अलि बढि प्रोफेसनल,चलचित्रमा अलि बढि भिजेको हिसावले मन पर्ने नायक अर्पन थापा र नायिका प्रियङका कार्की मन पर्छ । चलचित्र जगतबाट बाँच्न सुरु सुरुमा चाहि आफुलाई निकै गाह्रो भएको बताउँछन् । उनी भन्छन् ‘ पहिला निकै गाह््रो थियो तर अहिल भने राम्रो छ किन भने मैले यहाँ सम्म आईपुग्न निकै कडा मेहेनत र परिश्रम गरे । त्यसैले म भन्छु सानो कुरामा हिम्मत नहार्ने,यो पेसालाई राम्रो सँग बुझेका जसले कडा मेहेनत गर्न सक्छ । त्यो बाँच्न सक्छ । अहिले पछिल्लो क्रममा नेपाली चलचित्र जगतले धेरै प्रगतिहरु गरिरहेको छ। उकालि लाग्दै छ ।’ आफुलाई अझै ब्यवस्थीत कलाकारको रुपमा परिचित हुने बिचार रहेको उनी बताउँछन् । उनले नेपाली चलचित्र संगै भारतिय सिरियलमा समेत अभिनय गरेका छन् ।

 

उनले हालै मात्र सलमान खानको चलचित्र मा ज्याक्लीनको बाबुको रुपमा अभिनय गर्नको लागी अडिसन दिईसकेका छन् । उनी हाल पोखराकी काली बोलको चलचित्रमा अभिनय गरेका छन् । यो क्षेत्रमा लाग्दा आफुलाई धेरै नै गाह््रो भएकोहुँदा यो क्षेत्रमा निरन्तरता दिन र मेहनत गर्न सक्ने भएमा मात्र यो क्षेत्रमा लाग्न उनले आगह्र गर्छन् । होचुवाको भरमा १÷२ चलचित्र खेल्छु आफ्नो नामलाई हिट बनाउछु भन्ने सोचले प्रवेश गर्दा यो क्षेत्रमा धेरै समय टिक्न कोही टिक्न नसकिने उनले बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?