जितेन्द्रनारायण र जीवनबहादुर शाहीलाई राजनीतिक जिम्मेवारीबाट हट्न प्रदिप पौडेलेको सुझाब

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
जितेन्द्रनारायण र जीवनबहादुर शाहीलाई राजनीतिक जिम्मेवारीबाट हट्न प्रदिप पौडेलेको सुझाब

सारांश

  • पुष २०, काठमाण्डौ ।
  • नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले वाइड बडी विमान खरिद लगायतका भ्रष्टाचारका विषयमा कांग्रेस जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता पौडेलले विमान खरिद प्रकरणमा उच्चस्तरीय जाँचबुझ अयोगले अनुसन्धान गरेपछि निस्कने निष्कर्षका आधारमा कारबाही गर्नुपर्ने बताए ।

पुष २०, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले वाइड बडी विमान खरिद लगायतका भ्रष्टाचारका विषयमा कांग्रेस जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता पौडेलले विमान खरिद प्रकरणमा उच्चस्तरीय जाँचबुझ अयोगले अनुसन्धान गरेपछि निस्कने निष्कर्षका आधारमा कारबाही गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव र जीवन शाहीले पनि भ्रष्टाचार गरेको पुष्टी भएमा पार्टीले कारबाही गर्ने पौडेलले बताए ।

पूर्वमन्त्रीहरू जीवनबहादुर शाही र जितेन्द्र नारायण देवलाई पनि कारबाहीको सिफारिस गरिएको हो ।

“छानविनका लागि गर्नुपर्ने सहयोगका लागि जितेन्द्रनारायण देव र जीवनबहादुर शाही पनि तयार हुनुपर्छ । गहिराईमा गएर छानविन गर्नुपर्छ । हाम्रो पार्टीका नेता भनेर छुट दिने कुरा हुँदैन ।” पौडेलले भने ।

वाइडबडी विमान खरिदमा भएको भनिएको अनियमितताबारे छानविन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितका अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको भोलिपल्ट सरकारले आयोग बनाएको हो ।

आयोगले छानविन गर्ने भए पनि अहिले नै देव र शाहीले राजनीतिक जिम्मेवारीबाट हट्नु राम्रो हुने पौडेलले बताए । “छानविनलाई सहयोग पुर्याउनका निम्ती उहाँहरुले प्राप्त गरेको पद आफैँले त्याग्न उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।” पौडेलले भने ।

दुई नेताहरुले नैतिकताका आधारमा पद त्याग्नुपर्ने पौडेलले बताए ।

वाइडबडी विमान खरिदमा भएको भनिएको अनियमितताबारे छानविन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नुलाई चाँही पौडेलले भ्रष्टाचारीलाई जोगाउने खेल भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?