झापाको गौरादह नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार विजयी
सारांश
- काठमाडौं ।
- झापाको गौरादह नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार रोहितकुमार साह निर्वाचित भएका छन् ।
- उनले १० हजार ३ सय ८ मत प्राप्त गरे ।
काठमाडौं । झापाको गौरादह नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार रोहितकुमार साह निर्वाचित भएका छन् । उनले १० हजार ३ सय ८ मत प्राप्त गरे ।
गौरादह एमाले सांसद् दिपक कार्कीको क्षेत्र हो । यसलाई नेकपा एमालेको आधार क्षेत्रका रुपमा लिइने गरिन्छ । एमाले पकड क्षेत्रमा कांग्रेस पार्टीका लागि साहको विजय अप्रत्याशित नतिजासमेत बन्न पुगेको छ ।
साहका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मदन अधिकारीले ९ हजार ८ सय ५४ मत पाए ।
उपमेयरमा भने एमालेले जित निकालेको छ । १० हजार ६ सय २० मत ल्याउँदै एमालेकी उम्मेदवार गीता भेटवाल यहाँ विजयी भएकी हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया