दक्षिण कोरियाको विद्यालयको व्यामशालाको छत भत्किँदा १४ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २९, २०८०
|
|
३९ पटक हेरिएको
Shares
दक्षिण कोरियाको विद्यालयको व्यामशालाको छत भत्किँदा १४ जना घाइते

सारांश

  • सियोल ।
  • दक्षिण कोरियाको प्राथमिक विद्यालयको व्यामशालाको छत भत्किँदा शुक्रबार एकजना शिक्षक सहित १३ विद्यार्थी घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
  • सियोलबाट करिब ३२० किलोमिटर दक्षिणमा रहेको येओसुको प्राथमिक विद्यालयको व्यायामशाला भित्रको छत खस्दा सो दुर्घटना भएको हो ।

सियोल । दक्षिण कोरियाको प्राथमिक विद्यालयको व्यामशालाको छत भत्किँदा शुक्रबार एकजना शिक्षक सहित १३ विद्यार्थी घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

सियोलबाट करिब ३२० किलोमिटर दक्षिणमा रहेको येओसुको प्राथमिक विद्यालयको व्यायामशाला भित्रको छत खस्दा सो दुर्घटना भएको हो ।

एकजना शिक्षक सहित १४ जना घाइते भएको र तिनीहरूको नजिकैको अस्पताल उपचार भइरहेको बताइएको छ । छत भित्रको फिनिसिङ सामाग्री एकैपटक भत्किँदा दुर्घटना भएको अनुमान गरिएको छ तर यस बारे विस्तृत अनुसन्धान हुन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?