टाउकाको मूल्य तोक्नेले गणतन्त्र बचाइदेलान् भनेर सोचियो भने ठूलो दुर्भाग्य हुनेछ ।’प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ८, २०७४
|
|
१६ पटक हेरिएको
Shares
टाउकाको मूल्य तोक्नेले गणतन्त्र बचाइदेलान् भनेर सोचियो भने ठूलो दुर्भाग्य हुनेछ ।’प्रचण्ड

सारांश

  • ८ असार, नेपालगञ्ज ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले विजयी भए गणतन्त्र खतरामा पर्ने बताएका छन् ।
  • बाँकेको खजुरामा चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्रको बाली माओवादीले लगाएको भन्दै त्यसको फल माओवादी र जनताले पाउनु पर्ने बताए ।

८ असार, नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले विजयी भए गणतन्त्र खतरामा पर्ने बताएका छन् ।

बाँकेको खजुरामा चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्रको बाली माओवादीले लगाएको भन्दै त्यसको फल माओवादी र जनताले पाउनु पर्ने बताए ।

‘माओवादी बलियो हुँदा मात्र परिर्वतन संस्थागत हुन सम्भव छ’ उनले भने, ‘गणतन्त्र चाहियो भन्दा संकटकाल लगाएर टाउकाको मूल्य तोक्नेले गणतन्त्र बचाइदेलान् भनेर सोचियो भने ठूलो दुर्भाग्य हुनेछ ।’

प्रचण्डले आफ्नो नेतृत्वको सरकारले १० महिनामा लोडसेडिङ अन्त्य गर्नुका साथै आर्थिक वृद्धिदर हासिल गरेर देखाएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?