ट्याक्सी ड्राइभरको बदमासी : यसरी सताउँछन यात्रुलाई

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०७५
|
|
२५ पटक हेरिएको
Shares
ट्याक्सी ड्राइभरको बदमासी : यसरी सताउँछन यात्रुलाई

सारांश

  • काठमाडौँमा सर्वसाधारण यात्रुले ट्याक्सी ड्राइभरबाट भोगेको सास्तीको बारेमा प्राय सबैलाई जानकारी भएकै विषय हो ।
  • सामान्यतया राजधानी काठमाडौँमा यात्रुले अत्यन्तै जरुरी अवस्थामा, कतै तुरुन्तै पुग्नु पर्ने भएमा वा कोही बिरामीलाई अस्पताल लानु पर्ने अवस्था भएमा मात्रै ट्याक्सी प्रयोग गर्ने गर्छन् ।
  • तर यसरी जरुरी अवस्थामा प्रयोग गर्ने ट्याक्सीमै यात्रुले सास्ती भोग्नु परेको समस्या बारम्बार आए पछि सुधारका लागि प्रयास पनि नभएको होइन ।

काठमाडौँमा सर्वसाधारण यात्रुले ट्याक्सी ड्राइभरबाट भोगेको सास्तीको बारेमा प्राय सबैलाई जानकारी भएकै विषय हो । सामान्यतया राजधानी काठमाडौँमा यात्रुले अत्यन्तै जरुरी अवस्थामा, कतै तुरुन्तै पुग्नु पर्ने भएमा वा कोही बिरामीलाई अस्पताल लानु पर्ने अवस्था भएमा मात्रै ट्याक्सी प्रयोग गर्ने गर्छन् । तर यसरी जरुरी अवस्थामा प्रयोग गर्ने ट्याक्सीमै यात्रुले सास्ती भोग्नु परेको समस्या बारम्बार आए पछि सुधारका लागि प्रयास पनि नभएको होइन । यद्यपी ट्याक्सी ड्राइभरबाट यात्रु पीडित बन्ने क्रम भने अझै उस्तै रहेको छ । हामी राजधानीका यस्ता केही ट्याक्सी ड्राइभरको कथा प्रस्तुत गर्दैछौ, जो ट्याक्सी चलाउन छोडेर कसरी यात्रुहरुलाई वेवास्ता गर्दै दुख दिन्छन् ।

लुडो खेलेर बस्ने ट्याक्सी ड्राइभर
राजधानीका कतिपय स्थानका चोकहरुमा हेर्नु पर्छ त्यहाँ तीन चारवटा ट्याक्सी लहरै पार्क गरेर राखिएको हुन्छ अनि ड्राइभरको हुल भने कतै छेउँकै चिया पसलमा बसेर मोबाइलमै लुडो खेलिरहेका हुन्छन् । त्यतिबेला यदि कोही यात्रु ट्याक्सी खोज्दै आए उनीहरु केही न केही बहाना बनाउँदै जान मान्दैनन् । उनीहरु लुडो प्रत्येक गेमको १०० देखि ५०० रुपैयाँसम्म बाजीमा खेलिरहेका हुन्छन् । लुडोमा नशामा डुबेका ट्याक्सी ड्राइभरहरु लुडो खेलेर कमाउँने पैसालाई प्राथमिकता दिदै यात्रुले भनेको स्थानमा जान ठाडै अस्वीकार गर्छन् ।

ट्याक्सी ड्राइभरको यो अर्को धन्दा
राजधानीमा ट्याक्सी चलाउँदै हिड्ने सबैको ट्याक्सी चलाएरै गुजारा गर्छन् भन्ने छैन । हात्तीको देखाउने एउटा दात र चबाउने अर्को भने जस्तै छ कतिपय ट्याक्सी ड्राइभरको पारा । काभ्रेका दीपक अधिकारी (नाम परिवर्तन) एउटा त्यस्तो प्रतिनिधि ट्याक्सी ड्राइभर हुन्, जसले सर्वसाधारण यात्रु बोक्न छोडेको लामो समय भइसक्यो । दीपककै भाषामा भन्ने हो भने उनले सुनको अण्डा दिने ‘मुर्गा’ फेला पारेका छन् र उनको दिनचर्या अहिले सुनको अण्डा दिने मुर्गाकै ‘सर्भिस’मै बित्छ । बेल्जियममा रहेका श्रीमानले पठाएको पैसामा दीपकले पनि राम्रै मस्ती गरिरहेका छन् । सानेपामा बस्ने ती महिलाको इच्छा पुरा गरे पश्चात दीपकले अहिले मासिकरुपमा ५० हजार रुपैयाँ भन्दा कमाइ गरिरहेका छन् । त्यसैले पनि उनी अहिले सकडमा भेटिने यात्रुलाई वेवास्ता गर्दै त्यस्तै ‘मुर्गा’कै खोजीमा भौतारिरहेका हुन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?