अन्तराष्ट्रिय क्रिकेट र‌ंगशाला चितवन मै बन्छः अध्यक्ष प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ११, २०७५
|
|
५२ पटक हेरिएको
Shares
अन्तराष्ट्रिय क्रिकेट र‌ंगशाला चितवन मै बन्छः अध्यक्ष प्रचण्ड

सारांश

  • चितवन, ११ कार्तिक।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले अन्तराष्ट्रिय क्रिकेट रंगशाला चितवनमै निर्माण हुने बताएका छन् ।
  • अाइतबार भरतपुर महानगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशकै महत्वपूर्ण आयोजना मध्येको एक अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला चितवनमै निर्माण हुने बताएका हुन् ।

चितवन, ११ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले अन्तराष्ट्रिय क्रिकेट रंगशाला चितवनमै निर्माण हुने बताएका छन् । अाइतबार भरतपुर महानगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशकै महत्वपूर्ण आयोजना मध्येको एक अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला चितवनमै निर्माण हुने बताएका हुन् । धुर्मुस सुन्तली फाण्डेशनको सहकार्यमा भरतपुर महानगरपालिकाले अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि रामपुरमा रहेको जग्गा माग गरेको थियो । सो जग्गा त्रिभुव विश्वविद्यालयको मातहतमा रहेकोले अझै जग्गाको टुंगो भने लाग्न बाँकी छ । रंगशालाका लागि हेरिएको जग्गा कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई हस्तान्तरण गरेपछि बल्ल रंगशाला निर्माणका लागि ढोका खुल्नेछ ।

भरतपुर महानगरपालिकालले रामपुरमा रहेको जग्गा बराबर कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सट्टा भर्ना स्वरुप साविक चित्रवन नगरपालिकामा रहेको सार्वजनिक जग्गा दिने निर्णय गरि सकेको छ । केही दिन अघि मात्र एक सार्वजनिक कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि चितवनमै अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको बताएकी थिएन् ।

मेयर दाहालले रंगशाला निर्माणका लागि रामपुरमा रहेको जग्गा बारे त्रिभुव विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र भरतपुर महानगरपालिकाबीच एक किसिमको समझदारी भईसकेको भन्दै अब बस्ने मन्त्रीपरिषद् बैठकले निर्णय गरेपछि निर्माण प्रक्रिया अघि बढ्ने बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई चार जना मधेशी भनिने नेताहरुको घुर्कीलाई बहाना बताएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ । अध्यक्ष पहारी
दुई चार जना मधेशी भनिने नेताहरुको घुर्कीलाई बहाना बताएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ । अध्यक्ष पहारी
चीनमा भूकम्प ः मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, सयौं घाइते
चीनमा भूकम्प ः मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, सयौं घाइते
जनताले चाहे संघीयता र धर्मका बारेमा जनमत संग्रह हुन्छ : महामन्त्री कोइराला
जनताले चाहे संघीयता र धर्मका बारेमा जनमत संग्रह हुन्छ : महामन्त्री कोइराला
एमाले नेता महतो धनुषाबाट प्रदेशसभा सदस्य निर्वाचित
एमाले नेता महतो धनुषाबाट प्रदेशसभा सदस्य निर्वाचित
बालगृहमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु
बालगृहमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु
तीन तहको निर्वाचनपछि संविधान कार्यान्वयन ः सञ्चारमन्त्री बस्नेत
दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन
दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन
नेपालमा पब्जी किन प्रतिबन्ध ?
नेपालमा पब्जी किन प्रतिबन्ध ?
जनतालाई दुखबाट मुक्त गराउने प्रधानमन्त्रीका तीन उपाय
जनतालाई दुखबाट मुक्त गराउने प्रधानमन्त्रीका तीन उपाय
नगरपालिका सङ्घमा ब्याञ्जु, कुन प्रदेशमा कसको नेतृत्व?
नगरपालिका सङ्घमा ब्याञ्जु, कुन प्रदेशमा कसको नेतृत्व?