देशका ४० प्रतिशत पुल जोखिमपूर्ण, जुनसुकै बेला भाँचिन सक्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २०, २०७३
|
|
१९१ पटक हेरिएको
Shares
देशका ४० प्रतिशत पुल जोखिमपूर्ण, जुनसुकै बेला भाँचिन सक्ने

सारांश

  • देशभरका दुई हजार सडक पुलमध्ये आठ सय (४० प्रतिशत) पुल जोखिमपूर्ण अवस्थामा छन् ।
  • तत्काल पुनः डिजाइन गरी मर्मतसम्भार र आंशिक विस्थापन नगरे ती पुलहरू कुनै पनि वेला भत्किन सक्ने सडक विभागले जनाएको छ ।
  • सामान्यतया एउटा पक्की पुलको आयु ५० वर्ष मानिन्छ ।

देशभरका दुई हजार सडक पुलमध्ये आठ सय (४० प्रतिशत) पुल जोखिमपूर्ण अवस्थामा छन् । तत्काल पुनः डिजाइन गरी मर्मतसम्भार र आंशिक विस्थापन नगरे ती पुलहरू कुनै पनि वेला भत्किन सक्ने सडक विभागले जनाएको छ ।

सामान्यतया एउटा पक्की पुलको आयु ५० वर्ष मानिन्छ । तर, अधिकांश पुल निर्माण भएको ४० वर्ष पूरा भइसकेको छ । केही ४५ वर्ष पुगेका छन् । जोखिममा पुगेकामध्ये केहीको ‘लाइफ स्पान’ पूरा हुन लागेका, केही खोलाको बहावका कारण असर गरेका र केही डिजाइनमा कमजोरी हुँदा जोखिमको अवस्थामा रहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
सडक विभागका अनुसार सरकारले नयाँ पुल निर्माणलाई धेरै प्राथमिकता दिए पनि बनेका पुलको मर्मतसम्भारमा ध्यान दिएको छैन । सडक मर्मत गर्न विनियोजित बजेटसमेत कम रहेको छ । चालू आर्थिक वर्ष ०७३÷७४ मा पुल मर्मत गर्न ९० करोड रुपैयाँ विनियोजन गरिएको छ । यस वर्ष विभागले दुई सय ५४ वटा पुल मर्मतको योजना ल्याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?