झापामा शरणार्थीका १० छाप्रामा आगलागी

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १४, २०७५
|
|
३७ पटक हेरिएको
Shares
 झापामा शरणार्थीका १० छाप्रामा आगलागी

सारांश

  • झापा १४,माघ ।
  •  झापाको दमक– ३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा आइतबार साँझ आगलागी भएको छ ।
  • आगलागीबाट १०  वटा छाप्रा जलेर नष्ट भएका छन् भने एउटा छाप्रामा आंशिक क्षति पुगेको छ ।

झापा १४,माघ । झापाको दमक– ३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा आइतबार साँझ आगलागी भएको छ । आगलागीबाट १०  वटा छाप्रा जलेर नष्ट भएका छन् भने एउटा छाप्रामा आंशिक क्षति पुगेको छ । वेलडाँगी २ सेक्टर बी ४ को लिला थापाको छाप्राबाट सुरु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

अपरान्ह सवाँ ४ बजेबाट सुरु भएको आगोले बेलडाँगी २ सेक्टर ‘बी’–वान, थ्री र फोरका छाप्रा जलेका हुन् ।आगोलागीबाट मानवीय क्षति भने नभएको र क्षतिको पूर्ण विवरण आइनसकेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।आगलागीबाट अन्नपात, लत्ताकपडासहित छाप्रो जल्दा २० लाख बढीको क्षति भएको छ ।

आगो दमकको बारुण यन्त्रले करीब एक घण्टा पछी नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?