नागढुंगा सुरुङमार्ग बनाउन जापान र चीनका ६ कम्पनीको इच्छा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
नागढुंगा सुरुङमार्ग बनाउन जापान र चीनका ६ कम्पनीको इच्छा

सारांश

  • काठमाडौं, १५ पुस ।
  • धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणका लागि ६ विदेशी कम्पनीले इच्छा देखाएका छन् ।
  • सडक विभागले गरेको ग्लोबल टेण्डरमा चिनियाँसहित जापानी कम्पनीहरुले इच्छा देखाएका हुन् ।

काठमाडौं, १५ पुस । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणका लागि ६ विदेशी कम्पनीले इच्छा देखाएका छन् । सडक विभागले गरेको ग्लोबल टेण्डरमा चिनियाँसहित जापानी कम्पनीहरुले इच्छा देखाएका हुन् ।

ठेक्कामा सहभागी कम्पनीहरुको प्राविधिक प्रस्तावको मूल्यांकन भइरहेको सडक विभागले जनाएको छ । प्राविधिक मूल्यांकनबाट ‘सर्ट लिस्टेड’ भएका कम्पनीको आर्थिक प्रस्ताव खोलिनेछ । सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीले सुरुङमार्ग निर्माणको जिम्मा पाउनेछ । आगामी वैशाखसम्म छनोट हुने कम्पनीले सुरुङमार्ग निर्माणका लागि फिल्डमा पुगेर काम सुरु गर्ने अपेक्षा गरिएको सडक विभागले जनाएको छ ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो । सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । परियोजनामा १६ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?